Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भरतपुरस्थित दालमोठ कम्पनीमा आगलागी हुँदा डेढ करोडको क्षति

    भरतपुरस्थित दालमोठ कम्पनीमा आगलागी हुँदा डेढ करोडको क्षति

    अनलाइन नेपाल
  • मंगलबार, १८ चैत्र २०७६
  • 2K
    SHARES

    चितवन। भरतपुरको लंकूस्थित दालमोठ कम्पनीमा मंगलबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ । भरतपुर -४ धारापानी टोलमा रहेको सरस फुड इन्डष्ट्रीमा आगलागी हुँदा मेसिन, कच्चापदार्थ र उत्पादन भएका सामग्री सबै जलेर काम नलाग्ने भएका छन्।

    बिहान ५ बजेबाट लागेको आगो निभाउन भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कावासोती नगरपालिका र नेपाली सेनाका गरि ५ वटा दमकल आएका थिए ।
    दालमोठ बनाउने तेलमा आगो सल्किएपछी आगोले ठूलो रुप लिँदा दमकल आउनु अगावै सबै सामग्री जलेर नष्ट भैसकेको सञ्चालक सुनिल अग्रवालले जानकारी दिए ।



    दिउँसोको समयमा मात्रै सञ्चालनमा आइरहेको कम्पनीमा रातीको समयमा काम हुँदैनथ्यो । आगलागी के कारणले भयो भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन । आगलागीबाट करिब एक करोड पचास लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार