Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • थाइल्याण्डका राजा ‘आइसोलेसन’ खोज्दै २० युवतीसहित जर्मनीको भव्य रिसोर्टमा

    थाइल्याण्डका राजा ‘आइसोलेसन’ खोज्दै २० युवतीसहित जर्मनीको भव्य रिसोर्टमा

    अनलाइन नेपाल
  • मंगलबार, १८ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । थाइल्याण्डका राजा महा बजिरलंकन आफ्नो देशमा कोरोना भाइरसको महामारी फैलिएसँगै २० युवती र अरु दर्जनौँ दरवारीया कामदारहरुसहित जर्मनी पुगेका छन् ।

    एक सय भन्दा ठूलो समूह उनको साथमा रहेको बताइएको छ । दक्षिणी जर्मनीको भव्य रिसोर्टमा उनी सेल्फ आइसोलेसनमा केही दिनदेखि बसिरहेको डेलीमेलले उल्लेख गरेको छ । ‘ग्रान्ड होटेल सोन्नेबबिक’ मा उनी बसेको अन्तर्राष्र्टिय मिडियाले जनाएका छन् ।



    तर ६७ वर्षीय राजाले गत वर्ष मात्रै विवाह गरेकी चौथो पत्नी भने उनको टोलीमा छन् वा छैनन् भन्ने यकिन भइसकेको छैन । रामा पाँचौंको रुपमा पनि चिनिने थाइ राजा महाको उच्च विलाशी जीवनशैली हुनुका साथै उनको विवादास्पद छवि छ ।



    उनले २०१९ मा आफ्नै अंगरक्षक महिलासँग चौथो पत्नीको रुपमा विवाह गरेका थिए । जर्मन ट्याब्लोइड ‘ब्लीड’का अनुसार राजाले जर्मनीको उक्त सिंगो रिसोर्ट नै आफ्ना लागि अग्रिम बुक गरिसकेका थिए ।

    थाइल्याण्डमा कोरोना भाइरसको महामारी फैलिँदै गर्दा उनी जर्मनी पुगेको घटनालाई थाइ नागरिकहरुले आलोचना गर्न थालेका छन् । एक सय १९ सदस्यीय टोलीमा उनी सुटुक्क जर्मनी पुगेका थिए । मलेसियाका राजा र रानी कोरोनाबाट बच्न सेल्फ आइसोलेसनमा बसेपछि थाइ राजाको खबर बाहिरिएको हो । मलेसियाका राजा र रानी भने आफ्नै कार्यालयका कामदार संक्रमित भएपछि उनीहरु सेल्फ आइसोलेसनमा बस्न थालेका हुन् । अन्नपुर्ण पाेष्टबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार