Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भारतमा भीडभाड रोक्न प्रहरीलाई ‘कोरोना हेल्मेट’

    भारतमा भीडभाड रोक्न प्रहरीलाई ‘कोरोना हेल्मेट’

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 2.1K
    SHARES

    एजेन्सी । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरस रोकथामका लागि भारतमा २१ दिनको लकडाउन गरिएको छ । देशव्यापी रुपमा लकडाउन उल्लंघन गर्ने क्रम पनि जारी छ । सरकारले सडकमा निस्किने तथा हिँडडुल गर्नेलाई कारवाही गरे पनि उल्लंघन गर्ने क्रम रोकिएको छैन ।

    चेन्नइका प्रहरी नीरिक्षक राजेश बाबुले विशेष किसिमको हेल्मेट प्रयोग गर्दै कोरोना विरुद्ध सन्देश फैलाएका हुन् । हरेक दिन उनी कोरोना भाइरसको चित्र झल्काउने हेल्मेट लगाएर सवारी साधन तथा पैदलयात्रीलाई रोक्न पुग्छन् ।



    उनले लगाउने हेल्मेट रातो रंगको छ । जुन हेल्मेट तस्बिरमा देखिने चारैतिर तिखा काँडा भएको कोभिड १९ को जस्तै देखिन्छ । सिएनएनका अनुसार स्थानीय कलाकार बी गोथमले तयार पारेको हेलमेट हो । गोथम चेन्नइमा रहेको आर्ट किंग्डमका संस्थापक पनि हुन् ।



    गोथम मानिसहरु कोरोना भाइरसको महामारीलाई गम्भीर रुपमा नलिएको ठान्छन् । यसैले पनि उनीहरुलाई डर देखाएरै सन्देश दिन यस्तो हेल्मेट तयार पारेको बताउँछन् । रिपोर्टमा बताए अनुसार उनी नजिकैको प्रहरी चौकीमा पुगे । जहाँ प्रहरी खटिरहेका देखिन्थे । उनीहरुको कामलाई सजिलो र प्रभावकारी बनाउने गरी यस्तो हेल्मेट तयार पारेको उनको भनाइ छ। भारतमा हालसम्म कोरोना भाइरसका संक्रमित १ हजार २४ जना पुगिसकेका छन् । साथै २७ जनाको मृत्यु भइसकेको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार