Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक

    टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 2.5K
    SHARES

    एजेन्सी । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरसका कारण एक वर्ष सरेको टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ ।
    अन्तराष्ट्रिय ओलम्पिक समिति, जापानी सरकार, टोकियो महानगरपालिका र स्थानीय आयोजक समितिको संयुक्त निर्णयपछि उक्त मिति भएको सार्वजनिक भएको हो।

    नयाँ मिति अनुसार अब टोकियो ओलम्पिक २०२१ को जुलाई २३ देखि अगष्ट ८ सम्म संचालन हुनेछ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भइरसका कारण यसअघि जुलाई २४ बाट आयोजना हुने भनिएको ओलम्पिक स्थगित गरिएको थियो। यसअघि एक वर्षका लागि ओलम्पिक सार्न जापानी प्रधानमन्त्री सिञ्जो आवे लगायत विभिन्न राष्ट्रले अन्तराष्ट्रिय ओलम्पिक कमिटीलाई प्रस्ताव गरेका थिए ।



    आधुनिक ओलम्पिक खेलकुदको सुरुआत ग्रिसबाट भएको हो। त्यसैले विश्वको जुनसुकै राष्ट्रमा ओलम्पिक आयोजना भए पनि ओलम्पिक ज्योति भने ग्रिसबाट ल्याउने प्रचलन छ। आयोजक राष्ट्र जापानले ओलम्पिक अभियानलाई निरन्तरता दिइरहँदा प्रतियोगितामा भाग लिने खेलाडीहरू भने त्रसित बनेका छन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार