Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • केमसनले उठायो चिनियाँ मेडिकल सामाग्रीको गुणस्तरमा प्रश्न

    केमसनले उठायो चिनियाँ मेडिकल सामाग्रीको गुणस्तरमा प्रश्न

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाडाैँ । रसायन तथा मेडिकल आपुर्ति संघ नेपालले स्वास्थ्य मन्त्रालयले चीनबाट खरीद गरेको मेडिकल सामाग्रीहरुलाई बजार मूल्यभन्दा बढी गरेको तथ्यलाई प्रष्ट पार्न आइतबार एक विज्ञप्ति जारी गरेको छ ।

    उक्त विज्ञप्तिमा संघले सरकारले मेडिकल सामाग्रीहरु महँगो मूल्यमा खरीद गरिएको मात्र नभई गुणस्तरमा पनि बेवास्ता गरिएको आरोप लगाइएको छ । उक्त सामाग्रीहरु स्रोत के र कुन गुणस्तरको हुने बारे पनि केही प्रष्ट नपारिएकोले संघले नेपालको नियति स्पेनको जस्तो हुनसक्ने खतरा औल्याएको छ ।



    खासगरी स्पेनले गुणस्तरमा समस्या देखेपछि गत हप्ता चिनमा उत्पादित कोभिड–१९ परीक्षण किटमाथि प्रतिबन्ध लगाएको थियो । चिनियाँ परीक्षण किटले ७० प्रतिशत बिरामीमा रहेको संक्रमण पत्ता लगाउन नसकेकोले चिनियाँ किटमाथि निर्भर हुने आधार रहेन ।



    त्यस्तै चेक रिपब्लिकमा पनि चीनियाँ किटहरुमा ८० प्रतिशत नतिजा गलत देखाउने गरेको पाइएको छ । नेदरल्याण्ड्सले पनि आफ्ना अस्पतालहरुमा बाँडेको मास्कहरु फिर्ता मागेको छ । हावामा रहने ठोस तथा धुलोको कणहरु फिल्टर गर्न नसक्ने रहेको पाइएपछि उक्त मास्कहरुहरुले कोरोना भाइरसको संक्रमण रोक्न नसक्ने निक्र्यौल गर्दै नेदरल्याण्ड्सले सो मास्कको वितरण नगर्न अस्पतालहरुलाई आदेश दिँदै र्फिता माँगेको थियो ।

    नेपालमा पनि स्थलमार्गबाट पठाउन लागिएको २००० कोभिड–१९ परीक्षण किटहरु शनिबार गुणस्तरहीन रहेको भन्दै तिब्बती सरकारले ल्हासामै रोकेको थियो । तर आईतबार बिहान नेपाल आईपुगेको चीनले अनुदानमा दिएको र नेपालले खरीद गरेको कोभिड–१९ सम्बन्धि मेडिकल सामाग्रीहरुको गुणस्तरबारे हालसम्म कुनै परीक्षण गरिएको छैन । यसरी परीक्षण नै नगरी ती सामाग्रीहरु प्रयोग भयो भने नेपाल पनि महामारीको जोखिममा पर्ने सक्ने सम्भावना रहन्छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार