Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चिनियाँ ठेकेदारद्वारा लकडाउनकाे उल्लघंन, स्थानीय र चिनियाँ पक्षबीच झडप

    चिनियाँ ठेकेदारद्वारा लकडाउनकाे उल्लघंन, स्थानीय र चिनियाँ पक्षबीच झडप

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 1.4K
    SHARES

    बेंसीशहर । लमजुङमा चिनियाँ ठेकेदारद्वारा सरकारले देशभर लागू गरेकाे लकडाउनकाे उल्लघंन भएकाे छ। साेही क्रममा मर्स्याङ्दी गाउँपालिका-६ ठुलोबेंसीमा निर्माणाधिन न्यादी हाइड्रोपावरको निर्माणपक्ष चिनियाँ र स्थानीयबीच झडप समेत भएको छ।

    कोभिड-१९ कोरोना संक्रमण नियन्त्रणका लागि भएको लकडाउनका बेला गाउँको बाटो भएर आयोजनाले निर्माण सामाग्री बोकेको ट्रक गुडाएको भन्दै स्थानीयले विरोध गर्दा सोमबार झडप भएको हो।



    लकडाउनलाई कडाई गर्न स्थानीयले गाउँ भित्रने नाकामा तगारो लगाएका थिए। सो तगारो भत्काएर निर्माण पक्ष चिनियाँ कम्पनीले ट्रवाइन बोकेको २ वटा ट्रक भित्राएको थियो। गाउँ हुँदै ट्रक भित्राउन खोजेपछि स्थानीय युवाहरुले अवरोध गरेका थिए। स्थानीयको अवरोध हटाउन चिनियाँ पक्ष स्थानीयमाथि जाइलागेपछि झडप भएको एक स्थानीयले बताए। केहीबेर स्थानीयले ढुङ्गामुढा गरेपछि चिनियाँहरु भागेका थिए।



    यसअघि चीनबाट कामदार गाउँ भित्राएको भन्दै स्थानीय आक्रोशित बनेका थिए। सरकारले निर्माण कार्य रोकेर लकडाउनलाई कार्यन्वयन गर्न आग्रह गरिरहेका बेला काम नरोकी गाउँलेलाई त्रसित बनाएको स्थानीय बताउँछन्। न्यादी आयोजनाको निर्माण कार्यमा खटिएका चिनियाँ प्राविधिक नयाँ वर्ष मनाउन जनवरी ५ तारिखमा चीन गएर एक महिनाअघि फर्किएका थिए। ३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजनाको निर्माण चिनियाँ कम्पनी च च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनी लिमिटेडले गरिरहेको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार