Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोभिड–१९: मृतककाे संख्या साढे ३४ हजार नाघ्याे, ७ लाख २२ हजार बढी संक्रमित

    कोभिड–१९: मृतककाे संख्या साढे ३४ हजार नाघ्याे, ७ लाख २२ हजार बढी संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 1.6K
    SHARES

    काठमाडाैँ । चीनबाट सुरू भइ विश्वभर फैलिएकाे कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर ३४ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ । नेपाली समयअनुसार सोमबार दिउँसाेसम्म थप केही ब्यक्तिकाे ज्यान गएपछि मृतककाे संख्या ३४ हजार ८ सय ३९ जनाको मृत्यु भएको हो ।

    कोरोनाबाट ७ लाख २२ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । विश्वका २ सय भन्दा बढी मुलुकमा संक्रमण फैलिदा बिरामी परेकामध्ये उपचारपछि १ लाख ५६ हजार १ सय ३७ जना निको भएर घर फर्किएका छन् ।



    पछिल्लो २४ घण्टामा इटालीमा ७ सय ५६ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ । इटाली पूर्ण लकडाउनको अवस्थामा रहदा पनि संक्रमण फैलने क्रम रोकिएको छैन । ५२ सय १७ जना थप मानिस संक्रमित हुँदा कोरोनाको संक्रमणबाट ९७ हजार ६ सय ९८ मानिस प्रभावित भएका छन् ।



    उपचार गराइरहेका ७३ हजार ८ सय ८० जनामध्ये ३९ सय ६ जनाको अवस्था गम्भीर छ । यद्यपि अहिलेसम्म १३ हजार ३० जना भने उपचारपछि निको भएर घर फर्किएको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

    यस्तै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमणमा परेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप २ सय ४८ जनाको मृत्यु भएको छ भने १७ हजार ९ सय ८१ जना संक्रमित थपिएका छन् ।

    योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २४ सय ९० पुगेको छ भने संक्रमित हुनेको संख्या १ लाख ४२ हजार ७ सय ९३ पुगेको छ । ४५ सय ६२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

    उपचार गराइरहेका १ लाख ३४ हजार भन्दा बढी मानिसमध्ये २९ सय ७० जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको उद्भव मानिएको चीनमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमण देखिएको छैन । त्यहाँ ३३ सय मानिसको मृत्यु भएको छ ।

    यस्तै स्पेनमा ७ हजार ३ सय ४० जनाको मृत्यु भएको छ भने ८० हजार भन्दा बढी संक्रमित भएका छन् । इरानमा २६ सय ४० को मृत्यु हुँदा फ्रान्समा २६ सय ६ जनाको मृत्यु भएको छ । ती मुलुकहरुमा पनि संक्रमण फैलने क्रम बढिरहेकाले मृत्यु हुने मानिसको संख्या अझ बढ्ने स्वास्थ्य अधिकारीहरुको आँकलन छ ।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार