Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कोरोनाको आशंकामा पाटनको आइसीयूमा उपचाररत एक जनाको मृत्यु

    कोरोनाको आशंकामा पाटनको आइसीयूमा उपचाररत एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 2.5K
    SHARES

    काठमाडौं । महामारीको रुपमा विश्वभर फैलिएको नोवेल कोरोना (कोभिड–१९) को आशंकामा पाटन अस्पतालको आइसीयूमा उपचाररत एक एक व्यक्तिको मृत्यु भएको छ ।

    धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका उनको आज मृत्यु भएको हो ।



    पाटन अस्पतालले मृत्युको कारणबारे भने पुष्टि नभएको जनाएको छ । कोरोनाको संक्रमण भएको आशंका गरेर नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भएपनि रिपोर्ट भने आइनसकेको अस्पतालले जनाएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार