Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • काेराेनाकाे आशंकामा वीर र पाटन अस्पतालमा उपचाररत दुई जनाकाे मृत्यु

    काेराेनाकाे आशंकामा वीर र पाटन अस्पतालमा उपचाररत दुई जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 2.9K
    SHARES

    काठमाडाैँ । चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरसकाे आशंकामा बीर अस्पतालको आइसोलसन कक्षमा उपचाररत एक युवतीको मृत्यु भएको छ ।

    अस्पतालका अनुसार अधिक ज्वरो आएपछि काठमाडौंकी ती युवतीलाई भर्ना गरेर राखिएको थियो । उच्च स्राेतका अनुसार चन्द्रागिरी नगरपालिका–१५ तिनथानाकी ३८ बर्षीया युवतीको निधन भएको हाे।



    ज्वरो आएपछि एकसाता अघि उनी सतुंगलस्थित ओम समाज अस्पतालमा उपचारका लागि पुगेकी थिइन् । अस्पतालले वीरमा रिफर गरेपछि उनी वीर अस्पताल पुगेकी थिइन ।वीरमा उपचारको क्रममा निधन भएपनि उनको कोरोना पुष्टि भने भइनसकेको अस्पतालले जनाएको छ ।



    यसैबीच महामारीको रुपमा विश्वभर फैलिएको नोवेल कोरोना (कोभिड–१९) को आशंकामा पाटन अस्पतालको आइसीयूमा उपचाररत एक एक व्यक्तिको मृत्यु भएको छ ।

    धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका उनको आज मृत्यु भएको हो ।

    पाटन अस्पतालले मृत्युको कारणबारे भने पुष्टि नभएको जनाएको छ । कोरोनाको संक्रमण भएको आशंका गरेर नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भएपनि रिपोर्ट भने आइनसकेको अस्पतालले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार