Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • खाद्यान्न भन्दै मदिराको कोरोबार गर्ने २ पक्राउ

    खाद्यान्न भन्दै मदिराको कोरोबार गर्ने २ पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 1.6K
    SHARES

    बेनी । अत्यावश्यक वस्तुको नाममा मदिराको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। म्याग्दी प्रहरीले आइतबार ६ कार्टुन मदिरासहित बेनीका सुनिल कुमार साह र असर परियारलाई पक्राउ गरेको हो । बेनीबाट राखुतर्फ मदिरा लैजाने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

    उनीहरुले ग २ च ८८६९ नम्बरको जिपमा मदिरा ओसारपसार गरेका थिए । खाद्यान्न भन्दै मदिराको कारोबार गरेको खुलेपछि पक्राउ गरिएको म्याग्दीका प्रहरी प्रमुख डिएसपी किरण कुँवरले बताए । उनीहरुविरुद्ध संक्रामक रोग ऐन २०२० अनुनसार कारबाही हुने उनको भनाई छ । लकडाउन अवज्ञा गर्नेविरुद्ध कडाका साथ कारबाही थालिएको म्याग्दी प्रहरीले जनाएको छ।



    कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउनको निर्णय गरेको छ । तर, पनि कतिपयले सरकारलाई झुक्याउने प्रयास गरेर संक्रमणको जोखिम फैलाइरहेका छन् । यस्ताविरुद्ध प्रहरीले निगरानी बढाएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार