Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोना भाइरस नियन्त्रण सम्बन्धी सामाग्री खरिदमा भ्रष्टाचार प्रकरण

    सत्यतथ्य सार्बजनिक गर्न पूर्व डिआईजी खरेलको माग

    सत्यतथ्य सार्बजनिक गर्न पूर्व डिआईजी खरेलको माग

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं। सरकारले चीनबाट कोरोना भाइरस नियन्त्रण सम्बन्धी सामाग्री खरिद गर्दा करोडौं भ्रष्टाचार गरेको तथ्य सार्वजनिक भएपछि पूर्व डिआईजी एवम् ‘हाम्रो नेपाल सुशासन’ अभियानका प्रमुख रमेशप्रसाद खरेलले सत्यतथ्य सार्बजनिक गर्न माग गरेका छन् ।

    हाम्रो नेपाल सुशासन अभियानको अपिल भन्दै खरेलले भनेका छन्–‘तुरुन्त गम्भीरताका पुर्वक छानबिन होस् र सत्य तथ्य सार्बजनिक होस् ’



    खरेलले लेखेका छन्–‘कोरोन संग झुध्न मित्र राष्ट चीनबाट खरिद गरि ल्याइएका सामग्रीमा व्यापक अनियमिता भएको प्रस्न र यस सम्बन्धि सुचनाहरु सामाजिक संजाल लगायत विभिन्न संचार माध्यमहरुमा सार्बजनिक भै रहेको हुदा हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ ।



    सत्ताधारी समूहसँग निकट मानिएको ब्यापारिक समूहसँग साँठगाँठ गरि कैयो गुना बढी मुल्यमा १८ प्रकारका सामाङ्ग्रीहरु ल्याउँदा ठूलो रकम घोटाला भएको आसंका सहित समाचारहरु आईरहेका र यस बारे चीनमा रहेका सप्लाएर्सबाट पनि सस्तोमा सामान उपलब्ध हुन सक्नेमा महँगोमा सामाग्री खरिद गरिएको भनाइहरु आइरहेकोले यस संग्कटको घडीमा पारदर्शिता, इमान्दारिता, जवाफदेहिता र शिघ्रतालाइ समेत ख्याल गर्नुपर्ने दाइत्तॊ बोकेका जिम्बेबार निकाय र पदाधिकारीहरुले आफ्नो कर्तब्य निर्बाहमा सत्य नीस्ठाकासाथ ध्यानदिनुपर्ने कुरा सस्मरण गराउन चाहन्छौ ।

    साथै यो भ्रष्टाचार र अनियमिताको आछेप लागिसकेको हुँदा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायहरुले तदारुकता साथ छानबिन गरि सत्य तथ्य ल्याइयोस भन्ने माग समेत गर्दछौ ।’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार