Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • दिल्लीमा तीन महिनासम्मको घरभाडा छुट

    दिल्लीमा तीन महिनासम्मको घरभाडा छुट

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 1.8K
    SHARES

    नयाँ दिल्ली– दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले जनलालाई घर बाहिर नजान अपिल गरेका छन्। उनले भनेका छन्– ‘अहिलेको देशभक्ति भनेको घरबाट बाहिर ननिस्कनु हो।’

    उनले दिल्लीका घर मालिकहरुलाई तीन महिनासम्मको घरभाडा छुट दिनका लागि भाभुक अपिल पनि गरेका छन्। अहिले दिल्ली सरकारले चार लाख जनतालाई दैनिक खाना खुवाई रहेको छ। स्कुल तथा स्टेडियमहरु क्वारेन्टाइनका लागि खालि गरिएको छ। केजरिवालले भनेका छन्– ‘हामी जहाँ छौ त्यहिँ बसौं अनेत्र जादाँ कोरोना भाइरस संक्रमण हुन सक्छ। म गिता पाठ गरेर बसेको छु, शान्त हुदै लकडाउन पालना गर्न सबैलाई आग्रह गर्दछु।



    उनले उद्योगी र व्यावसायीहरुलाई कर्मचारीहरुको नियमित तलब दिन पनि आग्रह गरेका छन्। उनले दिल्लीका घर मालिकहरुलाई अपिल गर्दै भनेका छन्– ‘यदि मलाई तपाईंहरु छोरा सरह मान्नुहुन्छ भने अबको तीन महिनासम्मको भाडा नदिनुहोला।’ गरिबहरुको भाडा भने सरकारले तिरिदिने उनको भनाई छ। घरमालिकले जबरजस्ती गरे दिल्ली सरकारले कारवाही गर्ने उनको भनाईं छ।



    कोरोना भाइरस फैलन नदिनको निम्ति भारतले २१ दिनको देशव्यापी लकडाउन गरेको छ। लकडाउनले जनताको हेरेक कामहरु ठप्प छ।देशभरका ठूला शहरबाट मानिसहरु बाहिरिनेको संख्या ह्वात्तै बढेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार