Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • चीनबाट ल्याइएकाे स्वास्थ्य सामग्रीबाट ‘अनौठो गन्ध’ आएको भन्दै स्काई ट्रक फिर्ता

    चीनबाट ल्याइएकाे स्वास्थ्य सामग्रीबाट ‘अनौठो गन्ध’ आएको भन्दै स्काई ट्रक फिर्ता

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडौँ । चीनबाट ल्याइएकाे स्वास्थ्य सामग्रीबाट ‘अनौठो गन्ध’ आएको भन्दै नेपाली सेनाकाे स्काई ट्रक बीच बाटाेबाटै फिर्ता भएकाे छ।

    सूदुरपश्चिम प्रदेशको धनगढी तथा प्रदेश १ को विराटनगरका लागि स्वास्थ्य सामग्री लिएर उडेको नेपाली सेनाको दुईवटा स्काई ट्रकमा ‘अनौठो गन्ध’ आएको भन्दै बीचबाटै फर्किएको हाे । सोमबार बिहान स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएको सामान प्रदेशमा पुर्‍याउनका लागि स्काई ट्रक उडेको थियो ।



    विमानचालकले गन्धका कारण उडान भर्न नसक्ने बताएपछि स्काई ट्रक डाइभर्ट भएर पुन: त्रिभुवन विमानस्थल नै फिर्ता भएको थियो। सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्काई ट्रक फिर्ता भएको घटनाको पुष्टि गरे।



    ‘गन्ध आयो भने बीचबाट स्काई ट्रक फर्किएको सही हो। त्यो गन्ध आइरहेको सामान हटाएर सुर्खेतका लागि एउटा ट्रक गइसक्यो। अब धनगढी लानेले पनि उड्न तयार छ,’ उनले भने।उनका अनुसार के कस्ताो गन्ध आएको भनेर यकिन भइसकेको छैन।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार