Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • लकडाउनमा सरकारको यस्तो राहत प्याकेज

    घर बहाल छुटदेखि क्वारेन्टाइनमा नबस्नेलाई ६ महिना कैदसम्म

    घर बहाल छुटदेखि क्वारेन्टाइनमा नबस्नेलाई ६ महिना कैदसम्म

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि एक साता थप गरेको छ ।

    २५ गतेसम्म लकडाउन
    सरकारले यसअघि चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेकोमा आइतबार बसेको मन्त्रीपरिषद् बैठकले १८ गतेपछि सात दिन लकडाउन थप्ने निर्णय गरेको हो । यो निर्णयसँगै चैत २५ गते राति १२ बजेसम्म लकडाउन हुने भएको छ।



    राहत र सहुलियत
    बैठकले राहत र सहुलियतमा मजदुरदेखि वृद्धवृद्धासम्म र इमेल इन्टरनेटदेखि विजुलीसम्म रहेको छ । यो निर्णयसँगै मासिक एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकले विद्युत महसुलमा २५ प्रतिशतसम्म छुट पाउनेछन् । विद्युत, खानेपानी, टेलिफोन शुल्क फाल्गुन र चैत महिनाको महसुल भुक्तानी वैशाख मसान्तसम्म बुझाएमा विलम्ब भुक्तानी वा जरिवाना लाग्नेछैन ।



    दुरसञ्चार कम्पनीले लकडाउन अवधिमा इन्टरनेट र डाटा प्याकेज प्रयोग गर्नेलाई २५ प्रतिशत छुट दिनेछ भने निजी सेवा प्रदायकले पनि यस्तो छुट दिनुपर्नेछ ।

    खाद्यान्नमा १० प्रतिशत छुट
    यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले चामल, पिठो, दाल, तेल, चीन लगायतका खाद्य वस्तुको खरिदमा हालको मूल्यमा १० प्रतिशत छुट दिइने भएको छ । यसैगरी, सवारी चालकको लाइसेन्स, रुट परमिट लगायत नवीकरण गर्ने समय पनि बैशाख मसान्तसम्म थप गरिएको छ । यो अवधिमा कुनै विलम्ब शुल्क नलिने सरकारले जनाएको छ।

    चैतमै ऋण तिरे १० प्रतिशत छुट
    कोरोनाले असर परेका क्षेत्रका ऋणीले चैतमा तिर्नुपर्ने कर्जाको म्याद बढाइएको छ। बढाइएको म्यादअनुसार अब असार मसान्तमा ऋण तिरे पुग्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका कार्यबाहक गभर्नर चिन्तामणि शिवाकोटी अब चैतमसान्तसम्म कर्जा तिर्नुपर्ने ऋणिहरुले असार मसान्तसम्म ऋण तिर्न सकिने बताए । यद्यपि तोकिएकै समयमा व्याज तिर्नेहरुको लागि पनि छुट्टै व्यवस्था गरिएको उनले बताए ।

    ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न असहज अवस्था आइपरेकाले यस्तो निर्णय गरिएको उनले बताए । यदि कसैले चैत महिनामा नै तिर्न चाहे उनीहरुले तिर्नुपर्ने ब्याजमा १० प्रतिशत छुट पाउनेछन् ।

    त्यसैगरी उपप्रधान तथा रक्षामन्त्री र्ईश्वर पोखेरलको संयोजकत्वको नोभेल कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले आइतबार नै केही महत्वपूर्ण निर्णय गरेको थियो।

    क्वारेन्टाइनमा नबस्नेलाई ६ महिना कैद
    समितिले अन्तर्राष्ट्रिय उडान २०७७ वैशाख ३ गतेसम्म रोक्नेदेखि विदेशबाट फर्किएर सम्पर्कमा नआउने र क्वारेन्टिनमा नबस्नेलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कैद सजाय गर्नेसम्मका निर्णय गरेको हो।

    चीनबाट ल्याइएको औषधि र स्वास्थ्य उपकरण वितरण
    त्यसैगरी बैठकले चीनबाट ल्याइएको औषधि र स्वास्थ्य उपकरण, पोर्टेबल पिसिआर मेसिन वितरण गर्ने निर्णय गरेको हो। चीनबाट पाँच थान पीसीआर मेसिन आइपुगेको छ। हाल चार प्रदेशमा १/१ थान पठाउने निर्णय भएको छ।

    बैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान स्थगित
    त्यसैगरी अन्तर्राष्ट्रिय उडानलाई थप वैशाख ३ अर्थात् अप्रिल १५ तारिखसम्मका लागि स्थगित गरेको छ। यसअघि प्रधानमन्त्री केपी ओलीले चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्दै सबै अन्तर्राष्ट्रिय उडान चैत ९ गतेदेखि १८ गतेसम्म स्थगित गर्ने निर्णय सुनाएका थिए।

    बोडरमा भएकालाई अनिवार्य क्वारेन्टाइन
    त्यसैगरी बैठकले भारतीय सीमा क्षेत्रमा रहेका नेपालीको अझै वोर्डरमा रहेको सूचना रहेकोले स्थानीय तहलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिने निर्णयसमेत गरेको छ।

    विदेशमा रहेका विद्यार्थीलाई खर्च
    विदेशमा रहेका विद्यार्थीका सवालमा सम्बन्धित विद्यार्थीका अभिभावकमार्फत नेपाल राष्ट« बैंकले खर्च पठाउनसक्ने व्यवस्था गर्ने विषयमा समेत निर्णय भएको छ।

    घरभाडा छुट गर्न निर्देशन
    सरकारले शहरी क्षेत्रमा भाडामा बस्ने मजदुर र कामदारको राहतको लागि एक महिनाको घरबहाल मिनाहा गर्न आग्रह गरेको छ ।

    शुल्क मिनाह गर्न निजी विद्यालयलाई निर्देशन
    सरकारले निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट दिनुपर्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार