Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • काेराेना महामारी: चिनियाँ सामान अत्यधिक मह‌ँगोमा

    काेराेना महामारी: चिनियाँ सामान अत्यधिक मह‌ँगोमा

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 2.8K
    SHARES

    काठमाडौं । सरकारले जहाज पठाएर चीनबाट कोरोना कोराना उपचार सामग्री ल्यायो। यसलाई प्रशंसा गर्न तम्सिएका सर्वसाधारण तब जिल्ल परे, जब यसको मूल्यमा धेरै गुणा फरक परेको तथ्य थाहा पाए।

    चीनमै व्यापार गरेर वर्षौंदेखि बसिरहेका नेपालीले वास्तविक मूल्य सार्वजनिक गर्न थालेपछि स्वास्थ्य मन्त्रालय अप्ठ्यारोमा परेको छ। बजार मूल्यसँग तुलना गर्दा प्रमुख ५ सामानमा नेपाली एक अर्ब रुपैयाँभन्दा बढी फरक परेको छ। उपचारका लागि अत्यावश्यक पीपीई, कोरोना परीक्षण गर्ने किट, एन ९५ मास्क, सर्जिकल‌ मास्क, थर्माेमिटरलगायत १‌ करोड ३ लाख ९ हजार ४ सय डलर मूल्यको‌ स्वास्थ्य समाग्री‌ सरकारले ल्याएको छ।‌



    नेपाल–चीन पारिस्पारिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेलले ती सामानको मूल्य अत्यधिक फरक परेको बताए। उक्त सामान किन्दा सार्वजनिक खरिद नियमावली प्रक्रियासमेत अबलम्बन गरिएको छैन। सस्तोमा दिन्छु भन्ने कम्पनी र उसको प्रतिनिधि नबोलाई खरिद गरिएको उनको भनाइ छ।



    चीनको गोन्जाओमा १५ वर्षदेखि व्यापार गर्दै आएका नवीन बिकले पनि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पत्र लेख्दै मूल्य अचाक्ली फरक परेको भन्दै ध्यानाकर्षण गराएका छन्। उनले बजार मूल्यमा चाहिएजति सामान पठाउन आफू तयार रहेको दाबीसमेत गरेका छन्।

    स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा चीन सरकारले सहयोग गर्न ढिला गरेकोले किन्नु पर्ने बाध्यता परेको प्रस्ट्याएको थियो।

    सरकारले ४ हजार पिस क्लोरिन ६४ हजार डलरमा किनेको छ। १ डलरमा पाइने रेस्पिरेटर मास्क (एन९५) लाई ७ डलरमा किनेको छ। सरकारले ८० हजार पिस एन ९५ माक्स ६ लाख ६० हजारमा खरिद गरेको छ। २५ डलरमा पाइने थर्मोेमिटरलाई ६५ डलर हालेको छ। सरकारले १५ सय पिस थर्मोेमिटर ९७ हजार ५ सय डलरमा किनेको छ।

    ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले प्रश्न उठेका‌‌ कारण यथार्थ कुरा सरकारले जनता समक्ष ल्याउनु पर्ने बताए।

    ‘प्रश्न उठिसकेपछि जनतालाई सूचित गर्नु पर्छ’, उनले भने, ‘यस्तो बेला भ्रम पनि धेरै फैलन्छ। त्यो गलत हो‌ भने कानुन बमोजिम‌ कारवाही गर्नु प¥र्यो। होइन भने यथार्थ कुरा बाहिर ल्याउनु पर्छ।’

    पूर्वसचिव रेग्मीले आपतविपत्मा सरकार जनताको‌‌ सेवामा लाग्नु पर्ने बताउँदै भने, ‘यो कमाउने बेला होइन।’ अनावश्यक‌ भ्रम‌ फैलाउन नहुनेमा उनले जोड दिएका छन्।

    स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले ती सामान खरिदमा अनियमितता नभएको स्पष्टीकरण दिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा महानिर्देशक श्रेष्ठले भने, ‘संसारभर सामान छैन। केही महँगो भएको हुन सक्छ तर समयमा त्यो भएन भने त्यसबाट हुने प्रभाव असाध्यै धेरै हुन्छ। स्वास्थ्य मन्त्रालय पारदर्शितामा अत्यन्तै सचेत छ।’ अन्नपुर्ण पाेष्टबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार