Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोभिड–१९ : बजार क्षेत्रमा किटनाशक औषधि छर्कियो

    कोभिड–१९ : बजार क्षेत्रमा किटनाशक औषधि छर्कियो

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 1.6K
    SHARES

    काठमाडाैँ । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न तनहुँको सदरमुकाम दमौलीको बजार क्षेत्रमा आइतबार किटनाशक औषधि छर्किएको छ । स्थानीय युवाहरुको सक्रियतामा बजार क्षेत्रमा किटनाशक औषधि छर्किएको हो । बढी भीडभाड हुने स्थलमा किटनाशक औषधि छर्किएको व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए ।

    उहाँका अनुसार तरकारी लाइन, पराशर टोल, महर्षि टोल, निमचोक टोललगायतका ठाउँमा किटनाशक औषधि छर्किएको र अन्य ठाउँमा पनि किटनाशक औषधि छर्किने तयारी गरिएको छ । “बढी भीडभाड हुने स्थान छनोट गरेर किटनाशक औषधि छर्किन शुरु गरेका हौँ”, उनले भने ।



    दमौली निवासी लक्ष्मीभक्त खनाल, सुरेश पुरी, लक्ष्मण सुनार, मनोज पोखरेललगायतको संयुक्त लगानीमा किटनाशक औषधि खरिद गरी बजार क्षेत्रमा छर्किएको व्यास नगरपालिका–३ का वडा सदस्य रवीन पौडेलले बताउनुभयो । औषधि छर्किनका लागि युवाहरु प्रकाश श्रेष्ठ, विश्व श्रेष्ठ, सुदीप काफ्ले, लक्ष्मीभक्त खनाललगायत खटिएका थिए।



    सोडियम हाइड्रोक्लोरेडलाई पानीमा मिसाएर छर्किएकाले यसले किटाणु मर्ने र रोगको सङ्क्रमण हुन नदिने बताइएको छ । यसैगरी व्यास नगरपालिकाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न घरभित्रै बस्न र लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार