Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • तीन जना स्वास्थ्यकर्मीको नमूना संकलन

    तीन जना स्वास्थ्यकर्मीको नमूना संकलन

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 1.9K
    SHARES

    धनगढी । कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएका युवाको उपचारमा संलग्न सेती प्रादेशिक अस्पतालका ३ जना स्वास्थ्यकर्मीको पनि आइतवार नमुना संकलन गरिएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको स्वास्थ्य सुरक्षा सामग्रीको पर्याप्तता नभएर पनि स्वास्थ्यकर्मी स्वाव संकलन लगायत विरामीको उपचारमा संलग्न रहेका छन्।

    चैत ११ गते अस्पताल भर्ना भएका धनगढी उपमहानगरपालिका वानं ५ का ३४ वर्षिय युवकको नमुना जाँचको रिपोट पोजेटिभ आएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीको पनि नमुना जाँच गर्न थालिएको हो। ‘कोरोना भाइरस कोभिड १९ को जाँचका लागी संक्रमित युवाको उपचारमा संलग्न ३ स्वास्थ्यकर्मीको नमुना संकलन गरेका छौं’सेती प्रादेशिक अस्पताल आकस्मिक कक्ष बिभाग प्रमुख जगदिश जोशीले भने।



    नमुना संकलन गरेपनि जाँचका लागी पठाउने गाडीको व्यवस्था नहुदाँ आइतवार पठाउन सकिएको छैन। सुरक्षा सामग्री नहुदाँ एक युवामा कोरोनाको संक्रमण देखिएपछि स्वास्थ्यकर्मीले ट्रेसमा कामगर्नु परेको बताएका छन्। चाइनावाट ल्याइएका पिपिईं लगायतका सामग्री उपलब्ध भएमा सजिलो हुने आशा उनीहरुले गरेका छन्।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार