Online Nepal
  • सोमबार, ५ जेष्ठ २०८२
  • कोरोनाभाइरस संक्रमितको संख्या पाकिस्तानमा डेढ हजार पुग्यो

    कोरोनाभाइरस संक्रमितको संख्या पाकिस्तानमा डेढ हजार पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, १७ चैत्र २०७६
  • 1.3K
    SHARES

    एजेन्सी । विश्वव्यापीरूपमा फैलिएको कोरोनाभाइरसका कारण संक्रमितको सङ्ख्या पाकिस्तानमा एक हजार ५०० पुगेको छ । अधिकारीहरूले दिएको शनिवारसम्मको तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

    एउटै देशमा सङ्क्रमित हुने र मृत्यु हुनेको यो सङ्ख्या दक्षिण एसियामै सबैभन्दा धेरै भएको अन्तर्राष्ट्रिय संगठनहरुले बताएका छन् । पाकिस्तानको पन्जावमा सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन । पन्जावमा अहिलेसम्म ४६९ जना व्यक्तिलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।



    मृत्यु हुनेको सङ्ख्या भने सिन्ध प्रान्तमा सबैभन्दा धेरै रहेको अधिकारीले बताएका छन् । पकिस्तानमा कोरोनाभाइरसको सङ्क्रमणको पुुष्टि फेब्रुवरी २६ मा भएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार