काठमाडौं । सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध समय सीमा पनि लम्बाएकाे छ। अप्रिल १५ अर्थात् आउँदो ३ वैशाखसम्म अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध समय सीमा सरकारले लम्ब्याएको हाे ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए । त्यस्तै समितिको बैठकले लकडाउन ७ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो।
Leave a Reply