Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सेती प्रादेशिकअस्पतालमा भर्ना भएका ७ जनाको रिपोर्ट ‘नेगेटिभ’

    सेती प्रादेशिकअस्पतालमा भर्ना भएका ७ जनाको रिपोर्ट ‘नेगेटिभ’

    अनलाइन नेपाल
  • आइतबार, १६ चैत्र २०७६
  • 1.5K
    SHARES

    डडेल्धुरा । कोरोना भाइरस कोभिड–१९ को आशंकामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना भएका ७ जनाको रिर्पोट नेगेटिभ आएको छ।कोरोनाको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएपछि धनगढीका संक्रमित युवकको नमूनासँगै उनीहरको थ्रोट स्वाब संकलन गरी पठाइएकोमा रिर्पोट नेगेटिभ आएको हो।

    काठमाडौं पठाइएका सात जनाको नमूना परीक्षण गर्दा नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका ईमरजेन्सी विभाग प्रमुख एवं प्रवक्ता डाक्टर जगदीश जोशीले जानकारी दिए। उनका अनुसार नमूना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाइएकामध्ये दुई जनाको रिर्पोट आउन बाँकी छ।



    यसअघि धनगढी उपमहानगरपालिकाका ३४ वर्षीय एक युवकमा शुक्रबार कोरोनाको संक्रमण देखिएको पुष्टि भएको थियो। चैत ८ गते काठमाडौँ–नेपालगञ्ज हुँदै धनगढी आएका उनी चैत ११ गते सेती अस्पताल भर्ना भएका थिए। ती युवा युएईको दुबईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौँ आएका थिए। उनी २१ मार्च अर्थात् चैत ८ गते काठमाडौँबाट नेपालगञ्ज हुँदै धनगढी पुगेका थिए।



    उनी बुद्ध एयरको विमानबाट नेपालगञ्ज पुगेका थिए भने नेपालगञ्जबाट सार्वजनिक बस हुँदै धनगढी आएका थिए। उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको चिकित्सकहरूले बताएका छन्। उनलाई अस्पतालको छुट्टै कोठामा राखिएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार