Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • बाग्लुङकी स्टाफ नर्स कोरोना संक्रमित !

    बाग्लुङकी स्टाफ नर्स कोरोना संक्रमित !

    अनलाइन नेपाल
  • आइतबार, १६ चैत्र २०७६
  • 3K
    SHARES

    बाग्लुङ । बेल्जियमबाट कतारको दोहा हुँदै चैत ४ गते कतार एयरवेजबाट नेपाल आएकी बाग्लुङ नगरपालिकाकी एक युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै उनीसँग सोधपुछ थालिएको छ ।

    काठमाडौं आएपछि भोलीपल्ट नै माइक्रो चढेर बाग्लुङस्थित घर पुगेकी उनलाई २–३ दिनपछि ज्वरो आएको बताइएको छ ।



    आफू बेल्जियमबाट आएको जानकारी नदिई ज्वरो आएपछि धौलागिरि अञ्चल अस्पतालमा जँचाउन गएकी उनलाई सामान्य ज्वरो भन्दै चिकित्सकहरूले घर पठाइदिएको जनाइएको छ ।



    कतार एयरवेजबाट फर्किएका यात्रुको नाम सार्वजनिक भएपछि उनको स्वाब टेष्ट गरिएको थियो, त्यसपछि आएको रिपोर्टमा उनमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको जनाइएको छ ।

    घरमा ज्वरो आएपछि आफूले सामान्य सतर्कता अपनाउँदै परिवारबाट टाढा बस्दै आएको बताइएको छ । घरमा ज्वरो आउँदा सामान्य सतर्कता अपनाएकोले उनी स्टाफ नर्ससमेत रहेको हुनसक्ने अनुमान लगाइएता पनि पुष्टि भने भएको छैन । अब उनलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको जनाइएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार