Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोना महामारी : क्यूआर ६५२ विमानमा आएका १ सय ५८ यात्रु कहाँ छन ?

    कोरोना महामारी : क्यूआर ६५२ विमानमा आएका १ सय ५८ यात्रु कहाँ छन ?

    अनलाइन नेपाल
  • आइतबार, १६ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौँ । फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं उत्रिएको क्यूआर ६५२ मा एक सय ५८ जना यात्रु आएको पत्ता लागेपनि उनीहरु सबैको पहुचमा प्रहरी अझै पुग्न सकेको छैन। उक्त विमानमा सवार दुई युवतीमा भने कोरोना संक्रमणको पुष्टी भईसकेको छ।

    गत चैत चार गते उक्त विमान काठमाडौं उत्रिएको थियो। विमानमा सवारमध्ये एक सय ३४ जना सेल्फ क्वारेन्टाईनमा रहेको प्रहरीले पत्ता लगाएको छ। प्रहरी मुख्यालयका अनुसार विमानमा पाँच विदेशी बाहेक १९ यात्रुहरु कहाँ छन् भन्नेबारे अझै खोजी जारी छ। मुख्यालयका अनुसार सम्पर्कमा नआएका १९ जना मध्ये अधिकांशले पहिला राहदानी लिंदा उल्ल्लेख गरेको फोन नम्बर र ठेगाना परिवर्तन गरेको देखिन्छ।



    कोरोनाको त्रास फैलिईरहेका बेला उनीहरु आफैं प्रहरी वा नजिकको स्थानीय तहमा सम्पर्कमा आउन प्रहरीले अपिल समेत गरेको छ। संक्रमित युवती सवार विमानका एक सय ५८ मध्ये एक सय ९ यात्रु काठमाडौं, धनुषा, महोत्तरी, झापा, लगायत विभिन्न ४४ जिल्लाका नागरिक भएको जानकारी प्रहरी सहायक प्रवक्ता एसएसपी उमेशराज जोशीले दिए।



    त्यसैगरि संयुक्त अरब इमिरेट्सबाट एअर अरेबियाको विमान जी ९५३७ बाट नेपाल आएका तेस्रो संक्रमित व्यक्ति सवार विमानका एक सय ७० यात्रुको पनि प्रहरीले खोजी जारी राखेको छ। गत बिहीबार देखि नै यात्रुहरुको राहदानीका आधारमा तिनको ठेगाना पत्ता लगाएर खोज्न सम्बन्धीत जिल्ला प्रहरी कार्यालयमा परिपत्र गरिएको जानकारी जोशीले दिए।

    प्रहरी स्रोतका अनुसार शनिबारबार साँझसम्म पनि उक्त विमानका यात्रुहरु भेटिएको सूचना प्रहरी समक्ष आइसकेको छैन। विमानमा आएका यात्रुहरु पत्ता लगाउन प्रहरी मुख्यालयले कार्यदल बनाएको छ। जोशीले भने,‘ हामीले कार्यदल नै बनाएर सम्पर्कमा नआएकाको खोजी गरिरहेका छौं। नभेटिएका पनि सेल्फ क्वारेन्टाईनमा बसेको हुनसक्छ। ’ उनले राहदानीको आधारमा मात्रै खोजी सम्भव नभएकाले विमानमा सवार यात्रुको खोजीको लागि पहिला सम्बन्धित जिल्लामा गएर बुझ्ने र पछि आफन्तमार्फत नम्बर पत्ता लगाएर मात्रै पहिचान गर्ने बताए। अन्नपुर्ण पाेष्टबाट

    क्यूआर ६५२ बाट काठमाडौं उत्रिएका यात्रु कुन जिल्लाका कति ?

    महोत्तरी — ११

    धनुषा — ९

    काठमाडौं — ६

    चितवन — ६

    स्याङ्जा — ५

    काभ्रे —५

    ललितपुर — ४

    सुनसरी — ४

    बाग्लुङ — ४

    झापा — ४

    सर्लाही — ४

    बाँके — ४

    पाँचथर — ३

    सिन्धुपाल्चोक — ३

    ताप्लेजुङ — २

    मोरङ — २

    सप्तरी— २

    सोलखुम्बु— २

    रसुवा— २

    ओखलढुंगा— २

    खोटाङ— २

    नवलपरासी— २

    धादिङ— २

    रुपन्देही— २

    जिल्ला नखुलेका — १९

    विदेशी मध्ये जर्मनी — २

    भारतीय — २

    फ्रान्सेली — १

    स्रोत : गृह मन्त्रालय

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार