Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोना भाइरसबाट स्पेनकी राजकुमारीको निधन

    कोरोना भाइरसबाट स्पेनकी राजकुमारीको निधन

    अनलाइन नेपाल
  • आइतबार, १६ चैत्र २०७६
  • 2K
    SHARES

    966169058

    मड्रिड । कोरोना भाइरसबाट स्पेनकी राजकुमारीको निधन भएको छ। ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

    राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेको खबर द सनले लेखेको छ।



    कोरोना भाइरस संक्रमणका कारण राजपरिवारबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन्।



    यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ५ हजार ८१२ पुगेको छ।

    स्पेनमा गत २४ घण्टाभित्र ८३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने ७२ हजार २४८ संक्रमित भइसकेका छन्।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार