Online Nepal
  • सोमबार, ५ जेष्ठ २०८२
  • चर्चबाटै दुई पाष्टर पक्राउ

    चर्चबाटै दुई पाष्टर पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १५ चैत्र २०७६
  • 1.8K
    SHARES

    फाइल तस्विर

    सुर्खेत । चर्चबाटै दुई पाष्टर पक्राउ परेका छन्। कोरोना भाइरस रोकथामका लागि सरकारले लगाएको ‘लकडाउन’ उलंघन गर्ने गरेकाे अाराेप उनीहरूलाइ प्रहरीले पक्राउ गरेकाे हाे।

    लकडाउनका क्रममा अनुयायीहरुलाई भेला गरेर प्रार्थना गरिरहेका अवस्थामा शनिबार पाष्टरहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो। प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार कालिन्चोकको निस्सीएजी चर्चका पाष्टर मोहनदास गुरुङ र ग्रिस मण्डली चर्च करेखोलाका प्रेम विकलाई पक्राउ गरिएको हो।



    ‘लकडाउनको उलंघन गरेर चर्चभित्र मानिस भेला गरेर प्रार्थना गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको हो,’ प्रहरी निरीक्षक रायमाझीले भने, ‘कानुन अनुसार कारवाही प्रक्रिया अघि बढाउँछौं।’ प्रहरीले शनिबार लकडाउनको उलंघन गर्ने ११ वटा सवारीसाधन पनि नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार