Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • पाँचौ कोरोना संक्रमित युवती कहाँबाट कुन रूट भएर आइन् नेपाल?

    पाँचौ कोरोना संक्रमित युवती कहाँबाट कुन रूट भएर आइन् नेपाल?

    अनलाइन नेपाल
  • शनिबार, १५ चैत्र २०७६
  • 1.4K
    SHARES

    काठमाडौं- नेपालमा कोरोना भइरसको संक्रमण देखिएकी पाँचौ युवती बागलुङकी जिल्लाको रहेको बताइएको छ। उनी बेल्जियमबाट कतारहुँदै नेपाल आएकी थिइन्।

    उनी चैत ४ गते नेपाल आएकी हुन्। उनी कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी हुन्। नेपाल आएपछि उनी बागलुङमा गएकी थिइन्।



    उनी घरमै सेल्फ क्वारेन्टाइनमा बसेकी थिइन्। उनी डाक्टरको आफन्त हुन्। घरमै लक्षण देखिएपछि उनको नमुना प्रयोगशालामा पठाइएको थियो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुँदा उनमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार