Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नेपालमा पाँचाै कोरोना संक्रमित फेला

    नेपालमा पाँचाै कोरोना संक्रमित फेला

    अनलाइन नेपाल
  • शनिबार, १५ चैत्र २०७६
  • 2.1K
    SHARES

    काठमाडाैँ । नेपालमा पाँचाै कोरोना संक्रमित फेला परेका छन्। २२ वर्षकी युवतीमा स‌ंक्रमण भेटिएको हो। बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हाे । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएपछि यससँगै नेपालमा
    कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ ।

    उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अहिले संक्रमण देखिएकी बागलुङकीयुवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।



    त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो । नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएको, तर आफ्नै घरमा बसेको उच्च स्रोतले बताएको छ । अहिले कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार