Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सर्लाहीमा पूर्व सांसद साहद्वारा २० हजार थान मास्क र सेनिटाईजर प्रदान

    सर्लाहीमा पूर्व सांसद साहद्वारा २० हजार थान मास्क र सेनिटाईजर प्रदान

    अनलाइन नेपाल
  • शनिबार, १५ चैत्र २०७६
  • 2.9K
    SHARES

    सर्लाही। पूर्व सांसद तथा समाजसेवी नरेन्द्र साहले यहाँस्थित जिल्ला प्रशासन कार्यालयमा २० हजार थान मास्क र एक कार्टुन सेनिटाईजर हस्तान्तरण गरेका छन्।

    कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जिल्लाबासीलाई बचाउन सर्लाहीका २० स्थानीय तहमा वितरण गर्नका लागि साहले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगाउन सहज होस भनेर नि:शुल्क वितरण गर्नका लागि उक्त सुरक्षाका सामान प्रदान गरेको साहले बताए ।



    पूर्व सांसद साहले व्यक्तिगत रूपमा पठाएको सहयोग प्राप्त भएको र आवश्यकता अनुसार वितरण गर्ने जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।



    साहका प्रतिनिधि श्यामबाबु यादवले दिउँसो सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय परिसरमै पुगेर प्रजिअ जिसीलाई मास्क र सेनिटाईजर हस्तान्तरण गरेका थिए ।

    ‘जिल्लाबासीलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउनका लागि विपद् व्यवस्थापन समिति सकृय रहेको छ’, काठमाडौंमा रहेका साहले भने, ‘सोही समितिमार्फत आवश्यकता अनुसार ती सामाग्री लक्षित वर्गमा पुग्नेछ भन्ने विश्वास सहित सानो सहयोग गरेको हुँ ।’

    केही दिनभित्रै थप मास्क र स्यानिटाइजर लिएर आफै जिल्लामा आउने साहले बताए। २०७० सालको संविधानसभा चुनावमा समानुपातिक सभासद् निर्वाचित साह २०७४ सालको प्रतिनिधि एवं प्रदेशसभा निर्वाचन अन्तर्गत क्षेत्र नं. ३ मा संघीय सांसदको रुपमा स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।

    सर्लाहीकै हिरापुर निवासी साह निर्वाचनमा पराजित भएपनि विभिन्न पूर्वाधार विकास एवं जनचेतनामूलक ढंगका रचनात्मक सहयोग गर्दै आएका छन् ।

    साहले यसअघि आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने जिल्लाकै प्रमुख व्यापारिक केन्द्र हरिवन, बरहथवा लगायत बजारहरुमा सीसीटिभी, निर्वाचन क्षेत्र भरी फोहोर संकलन गर्ने आधुनिक डस्टविन, सुरक्षाकर्मीलाई साईरनयुक्त साइकल लगायत सहयोग गरिसकेका छन् ।

    त्यस्तै साहले आफु निर्वाचनमा उठेको क्षेत्र नम्बर ३ भरी विभिन्न ठाउँमा खानेपानी सुविधाका लागि डिप ट्युबवेल जडानको लागि समेत काम सूरु गरिसकेका छन् ।

    विजयी हुने वित्तिकै आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माण एवं मतदातालाई चटक्कै बिर्सने परिपाटी तोड्दै पूर्व सांसद साहले भने पराजित हुँदा समेत जिल्ला सहित आफ्नो निर्वाचन क्षेत्रमा व्यक्तिगत रुपमा निरन्तर विकास निर्माण सहित सहयोग पुर्याउँदै आएका छन् ।

    उनको यस्ता रचनात्मक कामको बारेमा जिल्लाका अन्य नेताहरुले पाठ सिक्नुपर्ने स्थानिय वासिन्दाहरुको भनाइ छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार