Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • काेराेनाकाे सन्त्रास: संक्रमित युवकका परिवारलाई अस्पताल लगियो

    काेराेनाकाे सन्त्रास: संक्रमित युवकका परिवारलाई अस्पताल लगियो

    अनलाइन नेपाल
  • शनिबार, १५ चैत्र २०७६
  • 1.3K
    SHARES

    धनगढी । दुबइबाट फर्किएका ३४ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएपछि परिवारका सदस्यलाई अस्पताल लगिएको छ । १७ घण्टापछि मात्र परिवारका सदस्यलाई अस्पताल लगिएको हाे । कोरोना संक्रमित युवकका परिवारका सदस्यलाई शनिबार बिहान साढे दश बजे सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स आएर लगेको हो । उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखेर निगरानी गरिनेछ ।

    संक्रमित युवकको परिवारमा ८ जना सदस्य रहेका छन् । दुबईमा काम गर्दै आएका उनी फ्लाइट इमिरेट्सको ईके ०१५० नम्बरको उडानमा दुबईबाट दिल्ली आएका थिए । शुक्रबार उनी शुक्रबार एयर विस्ताराको उडानबाट दिउँसो २ बजे काठमाडौंका लागि उडेका थिए । त्यसपछि शनिबार दिउँसो १२ बजे बुद्ध एयरको उडानबाट काठमाडौंबाट नेपालगञ्ज आए । नेपालगञ्जबाट उनी महेन्द्रनगर जाने माइक्रोमा अत्तरिया झरेका थिए ।



    शनिबार साँझदेखि मंगलबारसम्म उनी घरमै परिवारसँग बसेका थिए । घर पुगेको दोस्रो दिन राति ज्वरो आएपछि तेस्रो दिन चैत ११ गते उनी आफै सेती प्रादेशिक अस्पताल धनगढीमा जँचाउन गएका थिए । त्यही दिनदेखि उनी अस्पताल बसेका थिए ।



    शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणमा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार