Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अस्ट्रेलियामा ४ नेपाली विद्यार्थी कोरोना भाइरसबाट संक्रमित

    अस्ट्रेलियामा ४ नेपाली विद्यार्थी कोरोना भाइरसबाट संक्रमित

    अनलाइन नेपाल
  • शनिबार, १५ चैत्र २०७६
  • 2.2K
    SHARES

    अस्ट्रेलिया । सिड्‌नीमा रहेका ४ नेपाली विद्यार्थीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । संक्रमित सबै युवती रहेको र उनीहरु अहिले आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’ मा बसिरहेको क्यानबेरास्थित नेपाली दूतावासले जनाएको छ ।

    एउटै कोठामा गरेर बसिरहेका ४ जनामध्ये एकलाई केही दिन पहिले संक्रमणको लक्षण देखिएको थियो। आफ्नो साथीलाई पोजिटिभ देखिएपछि अन्यले जाँच गर्दा ४ जनामध्ये ३ मा संक्रमण देखिएको हो।



    घटनाको जानकारी पाएपछि एनआरएनए अस्ट्रेलिया,बिभिन्न संघ संस्था र कन्सुलेटको सहकार्यमा आवस्यक सहयोग पुर्‍याउने प्रयास भइरहेको छ ।अस्ट्रेलियामा अहिलेसम्म ३ हजार बढी संक्रमित पाइएका छन् । उनीहरु सिड्‌नीको ग्रान्भिलमा बस्दै आएका थिए।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार