Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • हाच्छिउँ गर्दा ३६ लाखको सामान फालियो

    हाच्छिउँ गर्दा ३६ लाखको सामान फालियो

    अनलाइन नेपाल
  • शनिबार, १५ चैत्र २०७६
  • 2.5K
    SHARES

    एजेन्सी । यतिबेला विश्वका अधिकांश देशमा कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण लकडाउन गरिएको छ । पुरै विश्वलाई सताइरहेको कोरोनाको डर यतीसम्म फैलिएको छ कि कोही व्यक्तिले हाच्छिउँ गर्दा भागदौड मच्चिने अवस्था आएको छ ।

    यस्तै एउटा घटना अमेरिकामा भएको छ । अमेरिकाको पेन्सिलभेनिया केही घरायसी सामान किन्न मलमा आएकी एक महिलाले हाच्छिउँ गर्दा मलमा भएको ३६ लाखको सामान बाहिर फालिएको छ ।



    स्थानिय प्रहरीका अनुसार स्थानीय एक मलमा सामान किन्न गएकी एक महिलाले मलको एउटा क्षेत्रमा हाच्छिउँ गर्दा उक्त क्षेत्रमा रहेको ३५ हजार डलरबराबरको सामान बाहिर फलिएको हो ।



    पछि ती महिलालाई गिरफ्तार गरिए पनि उनलाई कोराना भने नभएको पुष्टि भएको छ । स्टोरमा पुग्नासाथ ती महिलाले हाच्छिउँ गर्न थालेकी थिइन् । स्टोरकिपरका अनुसार मलका मालिकले उक्त सामान फाल्न लगाइ प्रहरी बोलाएका थिए । प्रहरीले ती महिलालाई पक्राउ गरेको छ ।

    ति महिलाले जानजान गल्ती नगरेको पुष्टि हुँदा पनि प्रहरीले उनलाई आपराधिक कसुरमा मुद्दा चलाइएको जनाइएको छ । अमेरिकामा कोरोना संक्रमित अत्याधिक बढिरहेका छन् । शनिबार विहानसम्म संक्रमित १ लाख नाघिसकेको छ भने १ हजार भन्दा बढिको मृत्यु भइसकेको छ । एजेन्सी

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार