Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • स्पेनमा काेराेनाकाे भयाभय अवस्था, स्पेनमा एकैदिन ७७३ को मृत्यु

    स्पेनमा काेराेनाकाे भयाभय अवस्था, स्पेनमा एकैदिन ७७३ को मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १५ चैत्र २०७६
  • 1.5K
    SHARES

    एजेन्सी । स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एकैदिन ७ सय ७३ पुगेको छ । यससँगै यहाँ मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ ।

    स्पेनमा कूल ६५ हजार ७ सय १९ संक्रमितमध्ये ४ हजार १ सय ६५ को स्थिती गम्भीर छ । यहाँ एकैदिन ७ हजार ९ सय ३३ मा जना संक्रमित वृद्धि भएको हो ।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार