Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • ‘पीपीई जाँच गरी स्वीकृति प्रदान गरिएको छैन’

    ‘पीपीई जाँच गरी स्वीकृति प्रदान गरिएको छैन’

    अनलाइन नेपाल
  • शनिबार, १५ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले मुलुकमा निर्मित व्यक्तिगत सुरक्षा सामग्री (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) को जाँच पडताल गरी उपयोग गर्न स्वीकृति नदिएको प्रस्ट पारेको छ ।

    जनताको स्वास्थ्य, औषधिको गुणस्तर, उपकरण, सुरक्षा सामग्री, उपचार पद्धतिलगायत विषयमा काउन्सिल सम्बेदनशील रहेको औंल्याउँदै काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले विज्ञप्तिमार्फत यो विषय काउन्सिलको कार्यक्षेत्रभित्र नपर्ने बताएका हुन् । ‘चिकित्सकहरुबाट प्रदान गरिने उपचार, तिनको गुणस्तर तथा बिरामी र चिकित्सकको सुरक्षाप्रति काउन्सिलको ध्यान विगतमा झैं नियमित छ’, विज्ञप्तिमा उल्लेख छ ।



    स्थानीय स्रोत साधन उपयोग गरी बनाइएका पीपीईको उपयोग सराहनीय भए पनि उत्पादित वस्तुको गुणस्तर हेर्न तोकिएको निकायले टुंगो लगाउने व्यवस्था भएको समेत काउन्सिलले बताएको छ । गुणस्तर तथा नापतौल विभागले आगामी आइतबार सरोकारवाला संघसंस्था र विज्ञहरु सम्मिलित बैठक बोलाउने र व्यक्तिगत सुरक्षा सामग्रीको गुणस्तर निर्धारणका विषयमा निर्णय लिने जानकारी काउन्सिललाई प्राप्त भएको समेत डा अधिकारीले बताएका छ्न् । कान्तिपुर दैनिकबाट



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार