Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउनमा नहिड्नुस्, यसरी समाउँछ प्रहरीले

    लकडाउनमा नहिड्नुस्, यसरी समाउँछ प्रहरीले

    अनलाइन नेपाल
  • शनिबार, १५ चैत्र २०७६
  • 1.4K
    SHARES

    तस्बिर : रासस

    काठमाडौं । सरकारले महामारीको रुपमा फैलिएको कोरोना भाइरको संक्रमण रोक्नका लागि भन्दै मंगलबारबाट लकडाउनको घोषणा गरेको छ ।

    लकडाउनको पाँचौ दिनसम्म आइपुग्दा विना काम सडकमा भौतारिनेहरु पनि भेट्टाएको प्रहरीले जनाएको हो ।



    तर, महानगरीय प्रहरी परिसरले लकडाउन उल्लंघन गर्नेहरूलाई पक्राउन गर्न विषेश खालको मेसिन प्रयोगमा ल्याएको छ।



    शुक्रबारदेखि परिसर काठमाडौंले उपत्यकामा बिना काम लकडाउनको उल्लंघन गर्नेहरूलाई नियन्त्रणमा लिन विषेश मेसिन सहितको टोली खटाएको हो।

    महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार विना कारण हिड्नेहरुलाई पक्राउ गर्न ‘म्यान क्याच इकुप्मेन्ट ल्याइएको हो ।

    प्रवक्ता बोगटी भने–‘बिना कारण हिँड्नेहरूलाई आज हामीले नियन्त्रणमा लिन थालेका हौं । यस मेसिनले मान्छेहरूलाई छुनै नपर्ने गरी पक्राउ गर्न सकिने र छुट्टै खालको भ्यानमा राखेर लग्ने गरिन्छ।’

    सोही मेसिन तथा विषेश टोली खटिएर शुक्रबार प्रहरीले ४९ जनालाई पक्राउ गरिसकेको उनले बताए।

    पक्राउ परेकाहरूलाई भने छुट्टै हलमा राख्ने व्यवस्था गरेको परिसरले जनाएको छ। यद्यपी सरकारले आजबाट भने न्यूनतम आवागमन खुला गर्ने निर्णय गरेको हो ।

    शनिबार बिहानै १३९ जना पक्राउ
    लकडाउनको पाँचै दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ ।

    सोही अनुसार शनिबार बिहान ८ बजेसम्मको अवधिमा मात्रै प्रहरीले १ सय ३० जना पुरुष र ९ महिला गरी १ सय ३९ जनालाई पक्राउ गरेको छ । प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि सर्वसाधारणलाई आह्वान गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार