Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोरोना भाइरसविरुद्द भारतीय सेनाले थाल्यो ‘अपरेसन नमस्ते’

एजेन्सी। विश्वभर फैलंदै गएको कोरोना भाइरस नियन्त्रणका लागि भारतीय सेनाले अभियान शुरु गरेको छ  । भारतीय सेनाले ‘अपरेसन नमस्ते’को अभियान सुरु गरेको समाचारमा जनाइएको छ ।

‘अपरेसन नमस्ते’ अभियानको घोषणा गर्दै भारतीय प्रधानसेनापती मुकुन्द नरवाणेले भनेका छन्, ‘विगतमा पनि हाम्रो सेनाले यस्ता अभियान सफलतापूर्वक सम्पन्न गरिसकेको छ । अपरेसन नमस्तेले पनि त्यही सफलता पाउनेमा आशावादी छु ।’
भारतमा सेनाले कोरोना नियन्त्रणका लागि ८ वटा क्वारेन्टाइन केन्द्र स्थापना गरेको छ ।

कोरानाबाट भारतमा शुक्रबार दिउँसोसम्म ७ सय ५३ जना संक्रमित भइसकेका छन् भने १७ जना जनाले ज्यान गुमाइसकेका छन् ।

भारतमा ६७ जना भने यो भाइरसको संक्रमणबाट निको भइसकेका छन् । गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना विश्वका १९९ देशमा फैलिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077