Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • दुर्घटनामा परी २ जनाको मृत्यु

    दुर्घटनामा परी २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 1.6K
    SHARES

    सांकेतिक तस्बिर

    काठमाडौं। नवलपरासीमा ना.४३ प २९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार मध्यबिन्दु नगरपालिका-७ चोरमारा बस्ने २८ वर्षीय भोज बहादुर महत्तोको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको छ ।

    मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रिय प्रहरी समाचार कक्षका अनुसार



    सल्यान, शारदा नगरपालिका-८ काँटी गाउँस्थित सडकमा ना.३ ख ७९७५ नम्बरको बस सडकबाट अन्दाजी ५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका बसका सहचालक दाङ तुलसीपुर उपमहानगरपालिका-४ बस्ने १९ वर्षीय सुजन नेपालीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ ।



    दुर्घटनामा घाइते भएका बसका चालक सहित अन्य ३ जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।
    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार