Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • पत्रकारलाई उच्च सुरक्षा सतर्कता अपनाउन अनुरोध

    पत्रकारलाई उच्च सुरक्षा सतर्कता अपनाउन अनुरोध

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 1.8K
    SHARES

    धनगढी । नेपाल पत्रकार महासंघ कैलाली शाखाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन सतर्कता अपनाउन आमपत्रकारलाई आग्रह गरेको छ ।

    महासंघका अध्यक्ष जगत साउँदले आज एक बिज्ञप्ति जारी गर्दै समाचार संकलनभन्दा महत्वपूर्ण सञ्चारकर्मीको स्वास्थ्य र सुरक्षा भएकोले जोखिम मोलेर समाचार संकलनमा नजान आग्रह गरेका छन् ।



    पत्रकारको स्वास्थ्य र सुरक्षाप्रति बिशेष ध्यान दिन र स्वयम उच्च सावधानी अपनाउन महासंघ सम्पूर्ण मिडिया हाउस र पत्रकार मित्रलाई अपिल गर्दछ, विज्ञप्तिमा भनिएको छ, सरकारले कोरोना संक्रमण रोकथामका लागी अबलम्वन गरेको लकडाउनमा सहयोग पुर्याउनु आमपत्रकारको दायित्व अझ बढी हुन जान्छ भन्ने महासंघको ठहर छ ।



    फिल्ड रिपोर्टिङमा जादा समाचार शाखामा कार्यरत पत्रकारले मात्र सवारी साधनको प्रयोग गर्न र आवश्यकता परेमा पत्रकार महासंघसंग समन्वय गर्न समेत अध्यक्ष साउँदले आग्रह गरेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार