Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कोरोनाको विषयमा ट्रम्प र जिनफिङबीच वार्ता

    कोरोनाको विषयमा ट्रम्प र जिनफिङबीच वार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 1.7K
    SHARES

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोवेल कोरोना (कोभिड–१९) लाई चिनियाँ भाइरस भनेसँगै चीन र अमेरिकाबीचको दूरी बढेको थियो ।

    तर, अहिले ट्रम्प र चीनका राष्ट्रपति सी जिनफिङबीच वर्ता वार्ता गरेका छन् । अमेरिकी राष्ट्रपतिले ट्वीट गर्दै चीनका राष्ट्रपतिसँग वार्ता गरेको जानकारी गराएका हुन् ।



    कोरोना भाइरसविरुद्ध लड्न चीनको प्रयास सराहनीय रहेको ट्रम्पले जनाउँदै आफूहरूले पनि सँगै काम गरिरहेको ट्रम्पको भनाइ छ ।



    ‘भर्खर चीनको राष्ट्रपति सीसँग कुराकानी भयो, कोरोना भाइरसको बारेमा विस्तृत छलफल गरियो, चीनले यो भाइरसविरुद्ध लड्न धेर्र राम्रो प्रयास गरिरहेको छ’ ट्रम्पले ट्वीटमा भनेका छन् ‘हामी सँगसँगै काम गरिरहेका छौँ ।’

    चीनको वुहानबाट सहरबाट शुरु भएको कोरोना भाइसको संक्रमण विश्वभर फैलिएको छ भने २२ हजार बढिको मृत्यु भइसकेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार