Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना संक्रमित धादिङका युवाको अठोट, ‘ बाँच्छु भन्ने मनोबल मसँग छ’

    कोरोना संक्रमित धादिङका युवाको अठोट, ‘ बाँच्छु भन्ने मनोबल मसँग छ’

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 3.1K
    SHARES

    काठमाडौं । कोरोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति धादिङको नेत्रावती डेबजोङ गाउँपालिका वडा नम्बर ३ सेमजोङ घर भएका उर बहादुर तामाङले आफू स्वस्थ रहेको मात्रै होइन केही दिनमा घर फर्कने विश्वास व्यक्त गरेका छन् ।

    उनले होटलमा पार्टी दिएको हल्ला मात्रै भएको बताएका छन् । आफूले १० महिना अघि पार्टी दिएको विषयलाई अहिले भाइरल बनाएको बताए ।



    राजधानीको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आइशोलेशनमा रहेका उर बहादुरले आफूले रोगबाट जितेर फर्कने अठोट गरेका छन् ।
    म मार्च १९ मा दुबईबाट नेपाल आएका उनी सोही दिन नेपाली समय अनुसार बेलुका साढे १० बजे नेपालमा ल्याण्ड भएका थिए ।



    उनले अस्पतालबाट भनेका छन्- ‘यो रोगको औषधी पत्ता लागेको छैन । आफ्नै मनोबलले ठीक पार्नुपर्छ । म बाँच्छु भन्ने मनोबल मसँग छ । पहिलो दिन सबैको फोन आएर हैरान थिएँ । उनीहरुको आवाजले पनि तनाव हुँदो रहेछ । अहिले त्यस्तो अवस्था छैन ।’

    तपाईंको परिचय सरकारले गोप्य राखेको छ । हामीले सार्वजनिक गर्न मिल्छ ? भन्ने प्रश्नमा उनले भने  – ‘केही फरक पर्दैन । मेरो नाम परिचय फोटो सबै हाल्दिुनुस् । मैले पहिले पनि डाक्टरलाई भनेको छु । मेरो घर धादिङ जिल्ला हो । नेत्रावती डेबजोङ गाउँपालिका वडा नम्बर २ सेम्जोङ हो । मैले आफैले स्ट्याटस लेखौँ भनेर सोचेको थिएँ । फेरी पछि सबैले कराउन थाले । लेख्न मन थियो । सबै ठाउँमा गलत न्युज आएका कारण स्ट्याटस लेख्न मन थियो । एक जना दाइले लेख्नु भयो रे उहाँलाई धेरै धन्यवाद ।’ (दियोपोस्टबाट )

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार