Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीको श्वासप्रश्वासमा समस्या, अस्पताल भर्ना

    प्रधानमन्त्री ओलीको श्वासप्रश्वासमा समस्या, अस्पताल भर्ना

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 2.5K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्। उनकाे बिहीबार राति मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हाे।

    प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यसिंह शाहका अनुसार प्रधानमन्त्री ओलीको मुटुकाे चाल केही बढेको देखिएपछि उनलाई राति नै अस्पताल लगिएको थियो। डा. शाहका अनुसार हाल प्रधानमन्त्रीलाई अब्जर्भेसनमा राखिएको छ र उनको स्वास्थ्य अवस्था सामान्य छ।



    ‘उहाँको स्वास्थ्य अहिले ठिक छ। राति हार्ट रेट बढेको देखेर हामीले अस्पताल ल्याएका थियौं। उहाँको यो पुरानै समस्या हो। कोरोनाको प्रकोप भएको बेलामा जोखिम नहोस् भनेर मात्रै अस्पताल ल्याइएको हो,’ उनले भनिन्, ‘अहिले केही बेर डिस्चार्ज गर्छौं र बालुवाटार लान्छौं।’



    प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नै फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनी प्रत्यारोपण पछि फागुन ३० मा अस्पतालबाट डिस्चार्ज भएका थिए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार