Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भारतबाट आएकालाई क्वारेन्टाइनमा राखिँदै

    भारतबाट आएकालाई क्वारेन्टाइनमा राखिँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 1.4K
    SHARES

    काठमाडाैँ । भारतबाट जुम्ला भित्रिएका यात्रुलाई बिहीबारदेखि क्वारेन्टाइनमा राख्न थालिएको छ । दुई जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

    कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बुधबार दिउँसो राखिएका सिंजाका ३२ वर्षीय युवकलाई आइसोलेसनमा रिफर गरिएको प्रतिष्ठानले जनाएको छ । उनका १० वर्षीय छोरालाई पनि आइसोलेसनमा राखिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताए । ‘ज्वरो बढ्दै गएपछि उनलाई क्वारेन्टाइनबाट आइसोलेसनमा सारिएको हो,’ उनले भने, ‘बाबुछोरा भारतबाट फर्किएका हुन् ।’



    भारतबाट आएका पातारासी गाउँपालिकाका ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । गाउँपालिकाले कर्णाली इन्स्टिच्युटमा निर्माण गरेको क्वारेन्टाइनमा भारतबाट फर्किएका स्थानीयलाई राखेको हो । हिमा गाउंँपालिकाले पनि भारतबाट आएका २४ जनालाई क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेको छ । बुधबार मात्र जुम्लाको सिमाना नाग्मबाट ३ सय ४० जना स्थानीयवासी भित्रिएका छन् । कान्तिपुर दैनिकबाट



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार