Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • काेराेनाकाे सन्त्रास: प्रदेश ५ मा ३ सय जना क्वारेन्टाइनमा

    काेराेनाकाे सन्त्रास: प्रदेश ५ मा ३ सय जना क्वारेन्टाइनमा

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 1.6K
    SHARES

    प्रदेश ५ का विभिन्न जिल्लामा बिहीबारसम्म करिब तीन सय जनालाई क्वारेन्टाइनमा राखिएको छ । यसरी निगरानीमा राखिएका अधिकांश भारतबाट फर्किका हुन् । कपिलवस्तुमा ४५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरू सीमामा अलपत्र थिए । सतर्कता अपनाउनुपर्ने भएकाले क्वारेन्टाइनमा राखिएको प्रहरीले जनाएको छ । कृष्णनगर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा ३६ जना राखिएको छ । नगरपालिकाले महेन्द्र माविमा क्वारेन्टाइन बनाएको छ । कपिलवस्तु नगरपालिकाले बनाएको क्वारेन्टाइनमा आठ जना राखिएको छ । कोरोना संक्रमित १९ वर्षे युवती चढेको विमानमा यात्रा गरेका मायादेवी गाउँपालिका–१, बर्रोहियाका नुरमोहम्मद धोवीलाई पनि क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई १४ दिन निगरानीमा राखेर घर पठाइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।
    काठमाडाैँ । बेलहिया–सुनौली नाकामा बुधबार बिहानदेखि अलपत्रमा ३१ जनालाई क्वारेन्टाइनमा बस्ने सर्तमा बिहीबार बिहान मुलुक प्रवेश दिइएको छ । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले यहाँ क्वारेन्टाइनमा बस्ने गरी आउन दिइएको बताए । उनका अनुसार सियारी गाउँपालिकाको क्वारेन्टाइनमा १०, तिलोत्तमा नगरपालिकास्थित क्वारेन्टाइनमा ११ र शुद्धोधन गाउँपालिकाको क्वारेन्टाइनमा १० जना रहने गरी उनीहरूलाई नेपाल ल्याइएको हो । उनीहरूलाई सिस्ने गाउँपालिका–५, रुक्मिणी माविमा रहेको क्वारेन्टाइनमा उनीहरूलाई राखिएको छ । भारतका विभिन्न ठाउँबाट आएका र अन्य देशबाट आएका समेत क्वारेन्टाइनमा छन् ।

    पाल्पामा भारतबाट फर्किएका ३७ जनालाई तानसेन नगरपालिकाको बर्तुङस्थित जनप्रिय मावि र बगनासकाली गाउँपालिकाको चिर्तुङधारास्थित ग्राम्य माविमा क्वारेन्टाइनमा राखिएको छ । उनीहरू महाराष्ट्र, केरला, दिल्लीलगायत स्थानबाट आएका हुन् । सुदूरपश्चिम सरकारले बसको व्यवस्था गरेर उनीहरूलाई यहाँसम्म पुर्‍याएको हो । ३७ जनामध्ये चार जना बागलुङका छन् । तत्कालका लागि २६ जनालाई बर्तुङ र ११ जनालाई ग्राम्य माविको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपानेले बताए ।



    बर्दियाका ६ नगरपालिका र दुई गाउँपालिकामा गरेर बिहीबारसम्म १ सय ४० जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमित युवतीसँगै कतारबाट आएको विमानमा आएका यहाँका दुई युवालाई प्रहरीले बिहीबार फेला पारेको छ । दुवैलाई बिहीबार प्रहरीले क्वारेन्टाइनमा राखेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कतारबाट फर्किएका बासगढीका लक्ष्मण थारूलाई घरबाट ल्याएर क्वारेन्टाइनमा पठाएको बताए । बढैयाताल गाउँपालिका घर भई बाँकेको खजुरा बस्दै आएका गजेन्द्रबहादुर क्षत्री रेग्मीलाई पनि क्वारेन्टाइनमा पठाइएको छ । उनीहरूका परिवार र सम्पर्कमा आएका व्यक्तिलाई निगरानीमा राखिएको छ ।



    बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा राखिएका शंकास्पद ६ बिरामीबाट संकलन गरिएको नमुना (स्वाब) परीक्षणका लागि बिहीबार काठमाडौं पठाइएको छ । लकडाउनका कारण हवाइजहाज सञ्चालन नभएकाले स्वाब पठाउन समस्या भए पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग समन्वय गरेर गाडीबाट पठाइएको लुम्बिनी प्रादेशिक अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सुदर्शन थापाले बताए । नमुना पठाइएका व्यक्तिमा अर्घाखाँचीका दुई, दाङका एक र रूपन्देहीका तीन गरेर ६ जना रहेका छन् । उनीहरूलाई धागो कारखानामा रहेको अस्थायी आइसोलेसन अस्पतालमा राखिएको उनले बताए । कान्तिपुर दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार