Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अमेरिकामा ह्वात्तै बढ्याे कोरोना संक्रमितका संख्या

    अमेरिकामा ह्वात्तै बढ्याे कोरोना संक्रमितका संख्या

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 1.7K
    SHARES

    एजेन्सी । अमेरिकामा कोरोना भाइरस संक्रमितको कूल संख्या ८५ हजार २ सय ६८ पुगेको छ । यससँगै संसारमा कोरोना संक्रमितको संख्या अमेरिकामा सबैभन्दा धेरै भएको छ ।

    वर्ल्डोमिटरको ताजा आँकडा अनुसार अमेरिकामा १७ हजार ५७ जना नयाँ संक्रमित थपिएका छन् भने मृतकका संख्या १२ सय ९३ पुगेको छ । यसका साथै अमेरिकामा एकैदिन २ सय ६६ जनाको मृत्यु भएको छ ।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार