Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउनको तेस्रो दिन : १४३ जनासहित १ हजार ४५६ सवारी नियन्त्रणमा

    लकडाउनको तेस्रो दिन : १४३ जनासहित १ हजार ४५६ सवारी नियन्त्रणमा

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । विश्वभर फैलिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण रोक्नका लागि सरकारले मंगलबारबाट लकडाउन गरेको छ ।

    यद्यपी जनताले नबुझेका हुन् वा बुझेर पनि अटेरी गरेका हुन्, लकडाउन उल्लंघन गर्ने क्रम भने रोकिएको छैन । लकडाउनको तेस्रो दिन आज देशभरबाट १ सय ४३ जना पक्राउ परेका छन् भने १ हजार ४ सय ५६ वटा सवारी साधन कारबाहीमा परेका छन् ।



    प्रहरीले अनुमति बिनै गुडेका सवारी साधन नियन्त्रणमा लिएको छ।



    त्यसैगरी बिना अनुमति सवारी चलाउने १ हजार ४ सय १७ चालक प्रहरीको कारबाहीमा परेका छन्।

    पक्राउ परेका सबैलाई साँझ सचेत गराएर छाडिएको प्रहरीले जनाएको छ भने सवारी साधन भने प्रहरी युनिटमै राखिएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार