Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गैरजिम्मेवार मन्त्री,जसले नेपाललाई कोरोना भाइरस ‘फ्रि जोन’ घोषणा गर्दै थिए

    गैरजिम्मेवार मन्त्री,जसले नेपाललाई कोरोना भाइरस ‘फ्रि जोन’ घोषणा गर्दै थिए

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 5.6K
    SHARES

    काठमाडौं । चीनको वुहान शहरबाट शुरु भएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण आजसम्म ज्यान गुमाउनेको संख्या २१ हजार नाघिसकेको छ भने संक्रमितको संख्या पनि पाँच लाख पुग्न लागिसकेको छ ।

    सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन २०७६ फागुन १९ मै अन्तर्राष्टिय उडानमा रोक लगाउन आदेश दियो । यो आदेश पालना नगर्नेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई रहेको उनकै क्रियाकलापले देखाउंछ ।



    यतिसम्म कि हचुवाको भरमा उनले भ्रमण वर्षलाई लक्षित गर्दै नेपाललाई ‘कोरोना भाइरसमुक्त क्षेत्र’का रुपमा प्रचार गर्न समेत खोजे । मन्त्री भट्टराईले नेपाल ‘कोरोना भाइरस फ्रि जोन’ हो भन्ने सन्देश बोकेको श्रब्यदृष्य सामग्री अन्तर्राष्ट्रिय जगतमा सम्प्रेषणको व्यवस्था मिलाउन फागुन ६ गते नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० को सचिवालयलाई निर्देशन दिएका थिए।



    कोरोना भाइरस र यसका कारण नेपालको पर्यटन उद्योगमा पारेको प्रभावबारे मन्त्रालयले आयोजना गरेको उक्त वैठकमा मन्त्री भट्टराईले उक्त निर्देशन दिएका थिए।

    यिनै मन्त्रीले समयमै सर्बोच्चको आदेश पालना नगर्दा नेपालमा कोरोनाको महामारी फैलने खतरा बढेको छ। तर,आज यिनै मन्त्री बिभिन्न अनलाइनहरुमा कोरोना भाइरसबारे सचेतना फैलाउने अभिव्यक्ति दिन थालेका छन्।

    मन्त्री भट्टराईले सर्बोच्च आदेशको पालना गरेको भए आज नेपालमा दोस्रो र तेस्रो कोरोना संक्रमित भेटिए भन्ने कुरा हामीले सुन्नै पर्दैनथ्यो ।

    दोस्रो संक्रमित ब्यक्ति २०७६ चैत ४ मा कतारको दोहाबाट आएकी १९ बर्षे युवती रहेकी छन् । उनी शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालको आइसोलेसनमा छन् ।

    तेस्रो संक्रमित चैत ६ मा दुवईबाट एयर अरबेयिाबाट आएको पुष्टी स्वास्थ्य मन्त्रालयले गरेको छ । कतारको दोहाबाट क्यूआर ६५२ जहाजमा आएकी युवतीसँग २ सय ५ यात्रु सवार थिए । चैत ६मा धादिङका कोरोना संक्रमितसँग आएका १ सय ७० जना रहेको स्वास्थ्य मन्त्रालयले नै पुष्टी गरेको छ ।

    संक्रमितसँग आएका यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले क्वारेन्टाइनमा नराखी घरघरमा पठाइयो । चैत ६ मा आएका संक्रमितहरु कुन होटलमा बसेका थिए, त्यो होटलदेखि सबैतिर संक्रमण भएको हुनसक्छ ।

    अन्तर्राष्ट्रिय उडान नरोक्दा सिंगापुरबाट सिल्क एयरमा चैत ८ मा आएको विमानलाई सुरुमा तेल भर्नका लागि अवतरण गराइयो । तर विमान अवतरणपछि नेपालीहरुले होहल्ला गरेपछि उनीहरुलाई आरालेर घरघरमा पठाइयो । सिल्क एयरमा ९० नेपालीसहित विदेशी पनि थिए ।

    अन्तर्राष्ट्रिय उडान नै रोक्ने र रोक्न नसकेको अवस्थामा ती विमानबाट आएका सबैलाई क्वारेन्टाइनमा राखी कोरोना जाँच गरेर पठाएको भए संक्रमणको महामारी रोक्न सकिन्थ्यो । अधिवक्ता वसन्त बस्नेत सामाजिक संजाल फेसबुकमा लेख्छन्–‘सर्वोच्च अदालतको आदेश अनुसार अन्तर्राष्ट्रिय उडान रोकेको भए नेपालमा कोरोना संक्रमण देखिंदैनथ्यो ।

    भारतमा त्यति धेरै नफैलिएको अवस्थामा अन्तर्राष्ट्रिय उडान सर्वोच्च अदालतको आदेशपछि रोकिनुपथ्र्यो । तर रोकिएन, पर्यटन मन्त्रालय यसमा मुख्य जिम्मवार हो ।’

    कोरोना संक्रमितसँग आएका विभिन्न जिल्लाका छन् । उनीहरु काठमाडौंमा उत्रेर आफ्नो गाउँमा गइसकेका छन् । गाउँ जाँदा बसमा, विमानमा उनीहरुबाट कति संक्रमित भए, त्यसको लेखाजोखा कसले गर्ने ?

    जनकपुर उपमहानगरपालिका वडा नं २१ कुर्थाका दुई जना युवक गत चैत्त ४ गते कोरोना पोजेटिभ भेटिएकी युवतीसँग आएका थिए ।

    धनुषाकै कमला नगरपालिका वडा नं. ३ पर्साका एक युवक त्यही कतार एयरवेजको ४ गतेको फ्लाइटमा आएका थिए । उनी घरमै छन्, उनलाई संक्रमण भए नभएकोबारे मेडिकल टिमको आवश्यकता भए पनि अहिलेसम्म पुगेको छैन ।

    धनुषाको कमला नगरपालिका वडा नं २ तेलियाहामा एक युवक गत चैत ६ मा दुबईबाट नेपाल आएको, ज्वरो, टाउको दुखाईसहित स्वास्थ्य अवस्था खराब भए पनि धनुषा प्रशासन उनकोमा गएको छैन । कोरोना सर्ने डलरे स्थानीयले उनलाई मोटरसाईकलमा लिएर जान मानेका छैनन् । उनलाई पनि मेडिकल टिमको आवश्यकता छ ।

    धनुषाको औरही गाउँपालिका वडा नं १ पुरनदहिया मा एक युवती एक साताअघि भारतबाट आएकी, ज्वरो सहित स्वास्थ्य अवस्था खराब एक सातादेखि नै छ, प्रहरीलाई जानकारी गराए पनि कुनै चासो नदेखाएको स्थानीयको भनाइ छ ।

    जनकपुरधाम उपमहानगरपालिका वडा नं ६ मा एक युवक ६ दिनअघि दुबईबाट आएको, प्रशासनलाई जानकारी गराए पनि कुनै चासो दिएको छैन । उनको स्वास्थ्य अवस्था बिग्रेको छ । स्थानीय त्रसित अवस्था छन् । सोही वडाका एक अन्य युवक विदेशबाट आएर घरबाट बाहिर भागेका छन् ।

    हंसपुर नगरपालिका वडा नं.४ नरैहीया टोल ४ गते चैत्तमा आएको एयर अरेबियाको फ्लाइटमा दुबईबाट आएका हुन् । उनी घरबाट निस्कन सकेका छैनन् । स्थानीय त्रसित छन् ।

    धनुषाको औरही गाउँपालिका वडा नं १ मा मंगलबार मात्र एक युवा लकडाउनमै भारतको मद्रासबाट लुकिछिपी आएको खवर छ । उनी २ दिनदेखि घरबाट निस्किएका छैनन् । प्रहरीलाई गुनासो गर्दा पनि चासो दिएको छैन ।
    माथिको विवरण जनकपुरको मात्र हो, कतार र दुवईबाट आएका देशका विभिन्न जिल्लामा गएका छन् ।

     लापरबाही अध्यागमनको पनि
    चैत ४ गते कतारको दोहाबाट आएका नेपालीहरुलाई भने विमानस्थल अध्यागमनले किन सामान्य ज्वरो नापेकै भरमा घर जान दियो ? जसले गर्दा देश अहिले महामारीको भुमरीमा परेको छ ।

    समयमै विमानस्थल अध्यागमनले हेलचेक्य्राई नगरेको भए न त अहिले देशमा कोरोनाको भयावह अवस्था आउँथ्यो न त नेपाली प्रहरीलाई घरघर पसेर चोर खोजे झै कोरोना संक्रमित नै खोज्नु पथ्र्यो ।

    यो लापरबाहीमा अध्यागमनका महानिर्देशक ईश्वरचन्द्र पौडेल पनि जिम्मेवार देखिन्छन ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार