Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन व्यवसायीहरुलाई निर्देशन

    दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन व्यवसायीहरुलाई निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 2K
    SHARES

    काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन उद्योगी/व्यवसायीहरुलाई निर्देशन दिएको छ ।

    बैठकले उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्यवस्तुका सबै स्टोर एवं विक्रेताहरूलाई आ–आफ्ना डेलिभरी भ्यानमार्फत आवश्यक दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था मिलाउन निर्देशन गरेको छ ।



    आपूर्ति व्यवस्था सहज बनाउन गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । आवश्यक पर्ने त्यस्ता डेलिभरी भ्यानलाई पासको व्यवस्था जिल्ला प्रशासन कार्यालयले गर्ने निर्णय पनि गरिएको छ ।



    माग संकलन र वितरण कार्यलाई सहज बनाउन स्टोरहरू एवं विक्रेताहरूले आ–आफ्नो टोल फ्री नम्बर उपलब्ध गराई प्रचारप्रसार गर्न पनि भनिएको छ ।
    बजारमा कालोबजारी भएको, कृत्रिम अभाव सिर्जना भएको वा जम्माखोरीजस्ता गतिविधि भएको सूचना वा जानकारी टोल फ्री नम्बर ११४९ मा उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार