Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कालाबजारीको अनुगमन बढाउन आईजीपीलाई गृहमन्त्रीको निर्देशन

    कालाबजारीको अनुगमन बढाउन आईजीपीलाई गृहमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 2.2K
    SHARES

    काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जनतालाई कुनै समस्या भए तत्काल पुग्न तथा कालाबजारीको अनुगमन बढाउन आईजीपी ठाकुर ज्ञवालीलाई निर्देशन दिएका छन् ।

    बिहीबार गृह मन्त्रालयमा आईजीपी ज्ञवाली र नवनियुक्त एआइजीसँग भएको सामूहिक भेटमा मन्त्री बादलले लकडाउनलाई प्रभाबकारी कार्यान्वयन गराउन समेत निर्देशन दिए।



    गृहमन्त्री बादलले एआइजीहरुलाई सफल कार्यकालको शुभकामना दिदै जिम्मेवारी इमान्दारीपुर्वक पालन गर्न निर्देशन दिए । मुलुक अहिले कोरोनाले उत्पन्न गरेको संकटमा रहेको भन्दै यसबेला सुरक्षा निकायको भुमिका थप बढी हुने हुँदा यो हाम्रो परिक्षाको घडि भएको गृहमन्त्री बादलले दिए।



    गृहमन्त्री बादलले आईजीपी ज्ञवालीलाई निर्देशन दिँदै भने – ‘लकडाउनलाई प्रवाभकारी कार्यान्वयन गराउनुहोस, लकडाउ जनताकै स्वास्थ्यको लागि हो भन्ने सम्झाउनुहोस्, जनतालाई नम्र भएर यसको पालना गराउनुहोला ।’

    गृहमन्त्री बादलले स्वास्थ्य संस्थाका गतिविधि पनि निगरानी बढाउन जोड दिएका छन् । गृहसचिव महेश्वर न्यौपानले पनि एआइजीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै जनअपेक्षा अनुरुपको काम गर्न निर्देशन दिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार