Online Nepal
  • सोमबार, ५ जेष्ठ २०८२
  • मदिरा सेवन गरी स्वास्थ्यकर्मीमाथि कुटपिट, एक पक्राउ

    मदिरा सेवन गरी स्वास्थ्यकर्मीमाथि कुटपिट, एक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बैतडीमा एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। बैतडीको पुरचौडी नगरपालिका–५ कुवाकोटमा नरेन्द्र जागिरीले ड्यूटीमा खटिएका कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीमाथि मध्यराति कुटपिट गरेका हुन्।

    जागिरीको कुटपिटबाट धामीको छाती तथा हातमा गम्भीर चोट लागेको छ। मदिरा सेवन गरेर आएका जागिरीले अहेब धामीमाथि निर्घात कुटपिट गरेको एक साथानियले वताए ।।



    कुटपिट गर्ने नरेन्द्रका भतिजा सुनिलसहित भारतको व्याङ्लोरबाट आएका सात जना स्थानीयलाई क्वारेन्टाइनमा राखिएपछि रातिको समयमा आएर कुटपिट गरेको बुझिएको छ।

    क्वारेन्टाइनमै आएर स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने नरेन्द्र स्थानीय एक कृषि सहकारी संस्थाको प्रबन्धकसमेत रहेको बुझिएको छ।

    कुटपिटमा सलग्न नरेन्द्रलाई कडा कारवाही गर्न स्वास्थ्यकर्मीहरुले माग गरेका छन्। प्रहरीले कुटपिटमा संलग्न जागिरीलाई पक्राउ गरेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार