Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • खाना पकाउने ग्यास अब आधा सिलिण्डर मात्रै

    खाना पकाउने ग्यास अब आधा सिलिण्डर मात्रै

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 2.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोरोना त्रासले अबदेखि सिलिण्डर आधा मात्र भरेको ग्यास पाइने भएको छ । नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भनेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो । हाल एक सिलिन्डरमा १४.२ केजी ग्यास हुन्छ । तर अब सिलिन्डरमा ७.१ केजी मात्रै ग्यास हुनेछ ।

    निगमका एक अधिकारीकाअनुसार मागअनुसार ग्यास पुर्‍याउन नसकिने अवस्था आएपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय भएको हो । आयल निगमले बुधबार राति नै सिलिन्डरमा आधा परिमाण मात्रै ग्यास भर्न निर्देशन दिएको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले पुष्टि गरे । २०७२ मा भारतले लगाएको अघोषित नाकाकन्दीमा पनि आधा मात्रै सिलिन्डर भरेर वितरण गरिएको थियो ।



    अहिले कोरोना भाइरसको सन्त्रासका कारण ग्यासको माग उच्च छ । तर बजारमा आपूर्ति निकै कमजोर छ, कालोबजारी मौलएको छ । सुरुमा ग्यास आपूर्ति भएको तर उपभोत्ताले धेरै सञ्चय गरेको तर्क गर्दै आएको सरकारले लकडाउन सुरु भइसकेपछि भने आधा सिलिण्डर गर्ने नीति लिएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार