Online Nepal
  • शुक्रबार, २ जेष्ठ २०८२
  • मुम्बईबाट हिडेका डेढ दर्जन बढी नेपाली दिल्लीमा अलपत्र

    मुम्बईबाट हिडेका डेढ दर्जन बढी नेपाली दिल्लीमा अलपत्र

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 3.9K
    SHARES

    काठमाडौं । भारतको मुम्बईबाट आएका करिब डेढ दर्जन बढी नेपाली तीन दिनदेखि राजधानी नयाँ दिल्लीमा अलपत्र परेका छन्। नोवेल कोरोना भाइरसका कारण भारतमा घोषित २१ दिने लकडाउनका कारण उनीहरु दिल्लीकाे सीमाना गाजियावादमा अलपत्र परेका हुन्। उनीहरु मुम्बईबाट रेलमा आउँदै गर्दा भारतमा लकडाउन थिएन। तर दिल्ली आउँदै गर्दा बाटोमै लकडाउन भयो। उनीहरु नेपाल आउन सकेनन्।

    पीडितहरुका अनुसार लकडाउन भएपछि रानीबाग होटलमा बसे पनि त्यहाँबाट समेत उनीहरु निकालिएका छन्। सडकमा दुई दिनदेखि भोकै बसिरहेका छन् । बच्चाले समेत केही खान पाएको छैन । बच्चाकी आमाले भनिन्, ‘खाना खान नपाएपछि बच्चालाई दूधसमेत आएको छैन ।’ दिल्ली मुख्यमन्त्री अरबिन्द केजरीवालले खान नपाएकालाई र्याम्बोसेरामा खान खुवाउने व्यवस्था गरेको बताए पनि प्रहरीले भने जहाँबाट आएको हो त्यहीं जान भनेपछि उनीहरु बेवारिसे भएका छन्।



    नेपाल आउने क्रममा दिल्ली पुगेपछि लकडाउन भएका कारण उनीहरु त्यहँ अलपत्र भएको एबीपी न्यूजले जनाएको छ। दिल्लीमा अलपत्र परेका समूहमा दुई महिलासहित डेढ महिने बालक समेत छन्। उनीहरु बसेको होटेलले बस्न नदिएर निकालिदिएको अलपत्र परेका नेपाली मध्येका एक हेमन्तले बताए। ‘होटेलले पनि बस्न दिएन। दिल्ली पुलिसले जहाँबाट आएको त्यहँ जाउ भन्छ।’ उनले भने, ‘ अब हामी कहाँ जाने?’

    उनीहरुले दुई दिनदेखि केही खान समेत नपाएको गुनासो गरे। पछिल्लो समय त पानी पनि पाइन छोडेको अर्का नेपाली देवानीले बताए। ‘मुम्बईबाट आएको रेललले यहाँसम्म छोडिदियो। यहाँ पुगेपछि सरकारले लकडाउन गरेछ। कही जानै सकिएन।’ उनले भने, ‘ होटेलले पनि बस्न दिँदैनन्। पुलिसले हिड्दा पनि गाली गर्छ। दुई दिनदेखि खाना पनि खाएका छैनौं। साँझबाट त पानी पनि पाइदैन।’

    आफूहरु हिडेरै नेपाल जाने तयारीमा रहेको उनले बताए।‘हिडेर जानु बाहेक हामीसँग कुनै विकल्पै छैन।’ उनले अगाडि भने, ‘अब हेरौं कहासम्म पुगिन्छ।दिल्लीदेखि नेपालको सीमासम्मको दूरी मात्रै करिब ७ सय किलो मिटर छ। केही दिनअघि भारतको विभिन्न ठाउँबाट आएका नेपाली सीमा क्षेत्रमा समेत एकदिनसम्म अलपत्र परेका थिए। सरकारले अन्तिमपल्ट भन्दै उनीहरुलाई नेपाल आउन दिएको थियो।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार