Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पूर्व प्रधानमन्त्री देउवाद्वारा ज्यालादारी गर्नेलाई राहत दिन माग

    पूर्व प्रधानमन्त्री देउवाद्वारा ज्यालादारी गर्नेलाई राहत दिन माग

    अनलाइन नेपाल
  • बिहिबार, १३ चैत्र २०७६
  • 1.4K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न माग गरेका छ।काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न माग गरेका हुन्।

    बिहीबार सामाजिक सञ्जालमार्फत विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गरेका हुन्। कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार बन्न नपरोस्,’ देउवाले टि्वटरमा लेखेका छन्, ‘म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु।’



    उनले विश्वभरी फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुनका लागि सरकारले गरेको लक डाउन उत्तम विकल्प भएको दावी गरेका छन्।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार